Loading... आजः बुधबार, कार्तिक १०, २०७८

लिस्ट ए क्रिकेटमा नेपाली बलर साेमपालकाे ५० बिकेट

काठमाण्डाै । नेपाली टिमका बलर साेमपाल कामीले लिस्ट ए मा ५० बिकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । लिस्ट ए मान्यता प्राप्त ३७ खेलमा लगभग २७ को औसतमा उनले ५० बिकेट लिएका हुन् ।

जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगीता अन्तरगत साँताै स्थानकाे लागी नेदरल्यान्डस् सँगको खेलमा उनले ५० बिकेट लीएका हुन् ।नेदरल्यान्डस् का ब्याट्सम्यान पिटर बाेरेनकाे बिकेट  लिदै ५० बिकेट लिने पहिलाे नेपाली खेलाडी बने ।

नेपालकाे बलिङमा उत्कृष्ट शुरुवात

नेदरल्यान्डस् विरुद्धकाे खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेकाे छ । टस  जितेर ब्याटिङ गरेकाे नेदरल्यान्डस्ले ताजा स्तिथिमा २  विकेट गुमाएर ९ रन मात्र बनाएकाे छ ।


ताजा समाचार