Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

जाजरकोटको इतिहासमा दोहोरीएर मन्त्री बन्न सफल बस्नेत

जाजरकोट, ३ चैत्र । जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले दोर्हयाएर मन्त्री बन्ने नेताको रुपमा इतिहास ब्रेक गरेका छन् ।
२०१५ साल देखि भएका विभिन्न संसदीय चुनाव बिजय गरेर हालसम्म कुनै पनि नेता दोहोरिएर मन्त्री नभएका थिएनन् । तर बस्नेतले जाजरकोटमा बाट दुइ पटक मन्त्रालएको जिमेवारि पाउन सफल नेताको रुपमा इतिहास रचेका छन् ।

२०७० सालमा भएको संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट जितेका उनले गत १० मंसिरमा भएको प्रतिनिनिसभाको चुनावमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएर पुनः चुनाव जित्ने नेताको रुपमा स्थापित भएका छन् ।

बस्नेत भेरी नगरपालिका–१ कालेगाँउ जाजरकोट स्थायी घर भएका शक्ति बहादुर बस्नेत बुवा डण्डवीर बस्नेत र आमा धर्मादेवी बस्नेतको कोखबाट २०२८ साल बैशाख १ गते जन्मिएका हुन् । नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य (सचिवालय सदस्य) रहेका बस्नेतले महेन्द्र बहुमुखि क्याम्पस दाङ बाट २०५० सालमा राजनीतिक शास्त्रबाट स्नातक तह उतिर्ण गरेका छन् । उनका एक छोरी र श्रीमती छन् । उनकी श्रीमती शत्या पहाडी पुर्व शान्ति मन्त्री समेत भइसकेकी हुन् ।

सामान्य किसान परिवारमा जन्मिएका बस्नेतको आर्थिक अबस्था मध्यम छ । हालसम्म श्रीमान श्रीमती राजनीतिमै सक्रिय रहेकाले अन्य कुनै पेशा व्यावसायमा आवद्ध छैनन् । ६ कक्षामा पढ्दा पढ्दै अनेरास्ववियुको सदस्यता लिएर राजनैतिक जीवनको शुरुआत गरेका बस्नेत २०४७ सालमा नेकपा मसालको जिल्ला सदस्य र २०४९ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भएका थिए । २०४७ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पहिलो स्ववियु सभापति भएका उनी २०५१ सालमा नेकपा माओवादी पार्टीको पश्चिमाञ्चल क्षेत्रीय व्युरो सदस्य भएका थिए । २०५५ मा नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५९ सालमा पोलिट व्युरो सदस्य र २०७० देखि स्थायी समिति सदस्य छन् ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएका बस्नेत पहिलो संविधानसभामा चुनाव लडे र समानुपातिकबाट सांसद बन्ने रुचि नै राखे र २०७० को संबिधान सभाको निर्वाचन बाट बस्नेत जाजरकोट क्षेत्र न १ देखि बिजय भए ।

त्यतिबेला जिल्लामा अरु नेताहरुलाई अवसर दिन आफु बाहिरै बसेको बस्नेतको भनाइ छ । संविधान निर्माण पछि गठित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकामा बस्नेतले गृहमन्त्रीको जिम्मेवारी कुशलतापुर्वक निर्बाह गरे । त्यस अघि बस्नेत २०६७ फागुन देखि २०६८ जेठ सम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रिको जिम्मेवारी सम्हालेका थिए । उनि पार्टी भित्र बौद्धिक एवं कुशल संगठकको रुपमा चिनिन्छन् ।जाजरकोट बाट तेस्रो पटक मन्त्री पद सम्म पुग्ने उनी पहिलो ब्यक्ती हुन् र अहिले ६ नं प्रदेशको इन्चार्जको जिम्मेवारी समेत सम्हालेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पार्टीका अवस्था निकै कमजोर भएपछि सबैले उनलाई नै माग गरे । पार्टीको अवस्था तेस्रो हुँदा पनि व्यक्तिगत प्रभावले उनले चुनाव जितेर देखाइदिए ।

त्यस्तै २०७४ मंसिर १० गते समपन्न भएको निर्वाचनमा कुल मत ६० हजार ८ सय ९७ मत खसेकामा बस्नेतले ३२ हजार दुई सय ८१ मत ल्याएर वाम गठबन्धन तर्फबाट नेपाली कांग्रेसका राजिव विक्रम शाह लाइ पराजित गरि वामगठबन्धन को साझा उमेदवारको रुपमा बिजय भएका हुन् । २०१५ सालदेखि २०७४ सालसम्म कोही पनि जाजरकोट देखि ३ पटक मन्त्री नदोहोरिएको जाजरकोटमा मन्त्री पदमा बस्नेत पुन इतिहास कायम गरेका छन । संविधान निर्माण र वामगठवन्धन निर्माणमा माओवादी केन्द्रलाई तयार पार्नका लागि निकै महत्वपुर्ण र सक्रिय भुमिका खेलेका बस्नेतले अबको आफनो पहिलो प्राथमिकता संविधान कार्यान्वयन हुने बताएका छन् ।

माओवादी केन्द्रले शुत्रबार आफनो पाटि बाट सरकारमा बस्नेत सहीत पाँच मन्त्रीलाइ नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


ताजा समाचार