सातौं स्थानका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै, यस्ताे छ हेड टु हेड
काठमाडौँ । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत साताैँ स्थानको लागि हुने प्लेअफ खेलमा अाज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि नेदरल्यान्ड्सको सामना गर्न लागेकाे हाे । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको थियाे ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।
हेड टु हेड
डब्लुसिएल च्याम्पियनसिप– अगस्ट २०१६
नेपाल– २१७/९
नेदरल्यान्ड्स– १९८/१०
नेपाल १९ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप– अगस्ट २०१६
नेपाल – ९४/१०
नेदरल्यान्ड्स– ९६/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
डिभिजन–२, जनावरी २०१५
नेदरल्यान्ड्स – १५८/०
नेपाल– १५९/८
नेपाल २ विकेटले विजयी
विश्वकप छनोट सातौं स्थान प्लेअफ जनावरी २०१४
नेपाल –१७१/९
नेदरल्यान्ड्स – १७२/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी