Loading... आजः बुधबार, कार्तिक १२, २०७७

एक दिवसीय मान्यता पाएको खुसीयालीमा शुभकामना आदान–प्रदान

काेहलपुर । नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरेको खुसीयालीमा देशैभरी बिभिन्न कार्यक्रमहरु भईरहेका छन ।

पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेट प्रेमीहरुले खुसीयाली मनाईरहेका छन । यसैबिच कोहलपुरका क्रिकेट प्रेमीहरुले समेत शुक्रबार शुभकामना आदान–प्रदान गरेका छन ।

मध्यपशिच्म क्रिकेट क्लब र लियो क्लब कोहलपुरको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । नेपाली क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले प्रमुख आतिथ्यतामा कोहलपुर चौराहमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा यस क्षेत्रका बुद्धिजिवी, बिभिन्न संघसंस्थाका प्रमुख तथा खेलाडीहरुले खुसीयाली साटासाट गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व कप्तान क्षेत्रीले २२ वर्ष सम्मको संघर्षको प्रतिफल स्वरुप नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता पाएको भन्दै खुसी ब्यक्त गरेका थिए । नेपाली क्रिकेट टिमले महत्वपूर्ण उपलब्धी हासिल गरेको उल्लेख गर्दै क्षेत्रीले खेलकुद क्षेत्रको विकासकालागी राज्यले प्रभावकारी निति ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापतीद्धय दिपेन्द्र थापा र सञ्जय मण्डलले खेलाडी तथा खेल क्षेत्रको भविश्य सुनिश्चितताकोलागी खेलकुद क्षेत्रलाई राज्यले महत्वको दृष्टिले हेर्नुपर्ने बताए । कार्यक्रममा अन्तराष्ट्रिय अम्पाएर मञ्जुल भट्टराई, मध्यपश्चिम क्रिकेट क्लबका उपाध्यक्ष संगिन शर्मा, जेसिज कोहलपुरका अध्यक्ष बुद्धिबहादुर थापा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।


ताजा समाचार