Loading... आजः सोमवार, कार्तिक १०, २०७७

नलगाड नगरपालिकाले मनायो बिश्व उपभोक्ता दिवश

जाजरकोट। नलगाड नगरपालिका जाजरकोटले आज एक कार्यक्रम गरी बिश्व उपभोक्ता दिवश मनाएको छ।

जिल्ला समुन्वय समितिका संयोजक मन बहादुर रावलको प्रमुख अतिथ्यतामा सो दिवश मनाइएको छ। जसमा सभापती नगर प्रमुख टेक बहादुुर रावल,अतिथी नगर उप प्रमुख बाल कुमारी बस्नेत,कार्यकारी अधिकृत सुरेन्द्र सिंह तथा नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरु,स्थानीय स्तरका बिभिन्न बिषयक संघ सस्थाका प्रमुख,राजनितिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा बिश्व उपभोक्ता दिवश मनाइएको छ।

कार्यक्रममा नगरका प्रमुख प्रशाशकिय अधिकृत सुरेन्द्र सिंहले उपभोक्ता दिबशको अबशरमा उपभोक्ताको परिचय उपस्थित सबैलाइ प्रष्ट पार्दै दिबश मनाइएको छ।त्यस्तै यस नलगाड नगरपालिकाले आज नै शोक सभा गरेको छ। गत फाल्गुन २८ गते बंगलादेशबाट नेपालको लागी उडेको यू एस एस बंगलाको बिमान त्रिभुबन अन्तराष्टिय बिमान स्थलमा दुर्घटना परेका सबै मृतक पूति श्रदान्जली अर्पण र घाईते प्रति स्वास्थ्य लाभको कामना सहित शोक सभा सम्पन्न गरेको छ।शोक सभामा पनी नगर प्रखुख,उप प्रमुख,कार्यकारी अधिकृत,१३ वटै वडाका वडा अध्यक्षहरुको उपस्तिथीमा गरिएको छ।


ताजा समाचार