Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

नेपालले अाज पपुवा न्यूगिनीसँग खेल्दै, हेड टु हेडमा पपुवा न्यूगिनी बलियाे

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अाज पपुवा न्यूगिनीसँग खेल्दैछ । सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको अाजको खेल एकदिवसीय मान्यताका लागि हो ।

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बीको चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार अाज दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले अाज हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो ।

अाजै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवसीय मान्यता पाउनेछ । तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ ।

नेपाल र पपुवा न्यूगिनीबीच अहिलेसम्म तीनवटा मात्र एकदिवसीय खेल भएका छन् । जसमा नेपालले एउटा पनि खेल जित्न सकेको छैन ।

नेपाल र पपुवा न्युगिनी पहिलो पटक २००५ मा मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा भिडेका थिए । जसमा नेपाल ७० रनले पराजित भएको थियो । त्यसपछि २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पिएनजीसँग २ विकेटले पराजित भएको थियो । यस्तै त्यसै प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पिएनजीसँग ३ विकेटले पराजित भएको थियो । पीएनजी एकदिवसीय मान्यता पाएको टोली हो ।


ताजा समाचार