Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

काठमाडौमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधी खलंगाले जित्यो

काठमाण्डौ । अनेरास्ववियु जाजरकोट–काठमाण्डौ सम्पर्क कमीटीको आयोजनामा काठमाण्डौमा भएको फुटबल प्रतियोगिता उपाधी खलंगाको फुटबल समूहले जितेको छ ।

बुधबार सम्पन्न प्रतियोगिताको उपाधी जित्दै खलंगाले नगद २५ हजर सहित मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको कुदुको फुटबल समूह र तेस्रो भएको सिवालय फुटबल समुहले क्रमश १५ र १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र हात पारेको छ भने बेष्ट प्लियर बिक्रान्त केसिले १००० नगद प्राप्त गरे ।

प्रथम पुरस्कारको प्रायोजन भेरी नगरपालिका जाजरकोटका मेयर सि.पि घर्तिले गर्नु भएको थियो । बिजेता टिमलाई पुरस्कार प्रदान गर्दै मेयर घर्तिले खेलकुदको बिकासका लागि जिल्लामा पुर्बाधार निर्माण गर्ने बताउनु भएको छ । जिल्लामा आवश्यक खेलमैदान नहुदा खेलाडीले आफ्नो प्रतिभा ओझेलमा पार्नु पर्ने दु:खद कार्यलाई अन्त्य गरिने मेयर घर्तिले प्रतिबद्धता जनाउनु भयो । पुर्बाधार निर्माण भए मात्र खेलकुद खेत्रको बिकास र बिस्तार गर्न सहज हुने उहाँको भनाई छ ।

बुधबार सम्पन्न कार्यक्रममा अनेरास्ववियु का केन्द्रिय सचिब आर.सि लामिछाने, नेकपा एमाले श्रम तथ रोजगार बिभाग का सचिब निरज आचार्य, जाजरकोट काठमाडौ सम्पर्क मंचका उपाध्यक्ष बिरेन्द्र आर्सी, विद्यार्थी नेता सेखर बोहोरा लगायतको उपस्थिति रहेको थियो । राजधानीमा रहेका जिल्लाका खेलाडिको प्रतिभालाई उजागर गर्नका निम्ति फुटबल प्रतियोगिता गरिएको अनेरास्ववियु जाजरकोट काठमाडौ सम्पर्क कमिटीका अध्यक्ष नबराज शाहिले बताउनु भयो ।  उक्त प्रतियोगितामा जम्मा ६ टिमको सहभागी रहेको थियो ।


ताजा समाचार