Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

परीक्षामा चिट चोर्ने चोराउने प्रबृत्ति बन्द गर्न जिशिअको निर्देशन

जाजरकाेट १ चैत। जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जाजरकोटका अधिकांश विद्यालयमा परीक्षाको समयमा चिट चोराउने प्रबिधि रहेकोले परीक्षा प्रणालीमा चिट चोर्ने चोराउने प्रवृत्ति बन्द गर्न निर्देशन दिएका छन् ।
जिल्लाको परीक्षा प्रणालीमा चिट चोर्ने चोराउने प्रवृत्तिमा अभिभावक र चिट नचोउन भन्ने शिक्षकनै बढ्दै गएको भन्दै अधिकारी सिंहले विद्यार्थीहरुलाई चिट नचोर्ने वातावरण गर्न आग्रह गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका मजकोटले गरेको शिक्षा ऐन निर्माण शैक्षिक गुणस्तर अभिबृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
शिक्षक, विद्यार्थी र अभिभावकहरु एवम अन्य व्यक्तिहरुले चिट चोर्ने चोराउने क्रियाकलापलाई विकृतिको रुपमा फैलाउँदै लिएको भन्दै उनले यसमा अब आउने सबै परीक्षाहरुमा चिट नचोरेर परीक्षा दिन्छु भनी परिक्षा हलमा उपस्थीति हुन उनले जुनिचाँदेका सबै विद्यार्थीहरुलाई आग्रह गरे ।


परीक्षामा चिट चोरेर पास गर्ने चलनका कारण विद्यालयको पढाइ विग्रनुका साथै दक्ष जनशक्ति उत्पादनमा समस्या परेको हुनाले यसतर्फ विद्यार्थीहरु र शिक्षकहरु सचेत हुन पर्ने अधिकारी सिंह बताए । चैत्र ८ गतेदेखि सुरु हुने विद्यालय शिक्षा परीक्षा र वैशाख १४ गतेदेखि सुरु हुने १२ कक्षा एवम् ३० गते देखि सुरु हुने ११ को परीक्षालाई लक्षित गर्दै जिल्ला शिक्षा अधिकारी सिंहले सबै परीक्षाहरुलाई चिट मुक्त बनाउने काममा सहयोग गर्न जुनिचाँदेका ८ वटा माविका प्रधानाध्यापक र ब्यबस्थापन समितिलाई आग्रह गरे ।
वेरोजगारी बढ्नुको कारण दक्ष जनशक्ति उत्पादन नहुनु नै भएको उनले विद्यार्थीहरुलाई सुझाए । छलफलमा बिद्यार्थीहरुले जिल्लाका सबै परीक्षाहरुमा चिट चोर्ने चोराउने प्रवृत्ति बढ्दै गएको र यसलाइ रोकथाम गर्न शिक्षा कार्यालय लगायतका निकायले पहल नगरेको गुनासो गरेका थिए ।


शिवपुरी माबिका प्रधानाध्यापक जय बहादुर शाहीले शिक्षा ऐन निर्माण गरी तत्काल अगाढि बढन आग्रह गरेका थिए । आगामी शिक्षा ऐनलाई कार्यान्वयन गर्न आफु लगायत आफ्नो शिक्षक संगठनले सहयोग गर्ने तथा पालना गर्नमा सहयोग गर्ने बताए ।
जिल्लामा १० कक्षादेखि १२ कक्षा र स्नातक तहसम्मकै परीक्षामा व्यापक चिटिङ हुने गरेको र यसलाई रोक्नका लागि सरोकारवाला निकायले पहल नगरेको जनगुनासो छ । जिल्लामा बिग्रदै गएको परीक्षा प्रणाली र चिटिङ रोक्नका लागि शिक्षक स्थानीय प्रशासन र जिल्ला शिक्षा कार्यालय नै जिम्मेवारी भएर लाग्नुपर्ने जनप्रनिधिहरुको भनाई रहेको थियो । जसले जे गरे पनि मुख्य सरोकारवाला निकायले कडाई गरे र गल्ती गर्नेलाई कारवाहि गरेमा परीक्षा प्रणालीमा विकृति रोक्न सकिनेसमेत जनप्रतिनिधिहरुको माग रहेको छ ।


उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले सबैको समन्वयमा एउटा जुनिचाँदेको नमुना शिक्षा ऐनको निर्माणको लागि उपस्थीति भएकोले आगामि दिनमा गम्बीर भएर ऐनको पालना गर्न आग्रह गरेका छन । शिक्षा स्वास्थ्य लगाएतका बिषयमा जिल्लाको पछाडि परेको जुनिचाँदे गाउँपालिकामा आगामि नमुना शिक्षाको रुपमा अगाडि बढाउनेसमेत अध्यक्ष केसीको भनाई रहेको थियो ।
शिक्षामा भएको कमी कमजोरीका कारण विकास निर्माणमा असहज भएकोले आगामी दिनमा नागरिक नै अशिक्षित भए कुनै विकास निर्माणका कामहरु अगाडि बढाउन समस्या हुने भएकोले आगामी दिनमा शिक्षामा परिर्वतन नभएमा गाउँपालिकाको पूर्ण अपुरो अंग रहनेसमेत अध्यक्ष केसीले बताए ।

आफ्नो कार्यकालमा यस्ता प्रबिधिलाई सुदृढिकरण गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । साथै जनता आधारभूत बिद्यालयका प्रध्यानाध्यापक चन्द्र बहादुर बस्नेतले शिक्षा मानिसको भबिश्य निर्माणको लागि महत्वपूर्ण भूमिका निर्माण गर्ने भएकोले आगामि दिनमा सबैलाई सहज ढंगले पालना गर्न सक्ने शिक्षा निर्माण गर्न आग्रह गरेका छन् ।
बाहिरी जिल्लाको सामु जाजरकोट एउटा रोग भोग र शिक्षा क्षेत्रमा पछाडी गरेको भन्दै आगामी दिनमा बिशेष गाउँ सभाबाट पारित हुने शिक्षा ऐनले ब्यबहारिक नमुना शिक्षामा टेवा पु¥याउने समेत आफुले विश्वास रहेको बस्नेतले बताए । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खतिवडाले जिल्लाको पछाडि परेको जुनिचाँदे गाउँपालिकाम धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले आगामी शिक्षा ऐनले समावेश गर्ने गरी ऐन, निर्माण गर्न आग्रह गरेका छन् ।


पछिल्ला दिनमा जिल्लामा शिक्षा क्षेत्रमा खस्किदो भएकोले यसलाई मजबुद्ध गरी अगाढि बढ्न सबै सरोकारवालाहरुलाई आग्रह गरेका थिए । कार्यक्रम स्थानीय शिक्षा ऐन तथा नियमावलीको सुझाव गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले प्रस्तुत गरेका थिए । कार्यक्रम जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


ताजा समाचार