Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको गाडि दुर्घटना हुदा चालक प्रहरी फन्दामा

जाजरकाेट ३० फागुन। जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको बा २ झ ४४० नम्बरको बोलेरो गाडि सुर्खेत प्रहरीको फन्दाम परेको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका ब्यबस्थापन समितिका अध्यक्ष तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह लाइ सुर्खेतमा जनप्रतिनिधि हरुको गोष्ठीमा पुराउन गएको जिल्ला स्वासथ्यको गाडि प्रहरी नियन्त्रणमा छ । जाजरकोट सदमुकाम खलंगा देखि सुर्खेतका लागि गएको बोलेरोले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न ११ सुब्बा कुना चेक पोष्ट निर रोखेको ३ ओटा मोटसाइकल लाइ ठक्कर दिदा प्रहरी फन्दामा परेको हो ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख कबि सिन्चुरीका अनुसार गाडि चालक बाँके जिल्ला चिसापानि निवासि गोपाल सुनारले मापसे सेवन गरि ३ ओटा मोटसाइकल लाइ ठक्कर दिएका हुन  । गाडिको ठक्करमा परि २ जना सामान्य घाइते रहेको ट्राफिक प्रमुख सिन्चुरीले बताए । भे ४ प १५२३ नम्बरको तेस्तै भे ४ प २८१७ भे ३ प ३९३८ नम्बरको सडक साइटमा रोखिरहेका मोटसाइकल लाइ ठक्कर दिएको प्रमुख चिन्चुरीले बताए । २६ गते दिउसो १ बजे चालकले मदिरा सेवन गरि जथावाभि गाडि चलाउदा मलाम जान लागेका ३ वटा मोटर साइकल लाइ ठक्कर दिएको थियो हाल गाडि चालक र गाडि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गाडिको ठक्कर बाट घाइते भएका २ जना लाइ स्थानिय मेडिकलमा उपचार गरि हाल घर पठाएको समेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारि दिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको गाडिर चालक सुनार आफनो कब्जाम रहेकोले बाइक मर्मत तथा सार्बजनिक मुद्धा अनुसार कडा कार्बाही गर्ने प्रहरी कार्यालयको भनाइ रहेको छ । यता भने जिल्ला स्वास्थ्य कार्यालय  जाजरकोटले भने कुनै प्रतिकृया दीएको छैन ।


ताजा समाचार