Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

पपुवा न्युगिनिसँगको खेलले कि ओडिआइ स्टाटस कि डिभिजन टु

काठमाडौ । नेपाली क्रिकेट यतिखेर महत्त्वपूर्ण घडीमा छ । जिम्वावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा कमजोर ब्याटिङका कारण सुपर सिक्स पुग्न नसके पनि नेपालले १ खेल जितेर ओडिआइको सम्भावनालाई जिवित पारेको छ । बिहिवार हुने पपुवा न्युगिनि सगँको प्लेअफ खेलले नेपाली क्रिकेटको भविष्य कोर्ने छ ।

यदि पपुवा न्युगिनिसगँको खेलमा जित निकालेमा नेपाल ओडिआइ स्टाटसको नजिक पुग्ने छ तर हारले डिभिजन टुको बाटो रोज्ने छ । पपुवा न्युगिनिलाइ जिते नेपालले (हङकङ र नेदरल्यान्ड) को विजेतासग खेल्ने छ । यदि हङकङ र नेदरल्यान्ड बिचको खेलमा नेदरल्यान्ड विजयी भएको खण्डमा नेपालले ओडिआइ स्टाटस प्राप्त गर्नेछ तर हङकङले जितेको खण्डमा फेरि हङकङ र नेपाल विचको विजेता टोलीले ओडिआइ स्टाटस प्राप्त गर्नेछ ।

पहिलो चरणको अन्तिम लिग खेलमा हङकङ विरूद्ध जित निकालेपछि नेपाली टिम अहिले उच्च मनोबलमा छ । तर पनि नेपालको ब्याटिङमा सधैं समस्या देखिदै आएको छ ।

ओपनर लगातार नचल्नु, भरपर्दा ब्याट्सम्यान नचल्नु अहिलेको प्रमुख समस्या हो । तर नयाँ युवा खेलाडीहरूले सुझबुझ तरिकाले खेलेकाले पपुवा न्युगिनिसगको खेल जित्ने अनुमान गर्न सकिन्छ ।

पपुवा न्युगिनिसँग जित निकाल्नको लागि ओपनरका ज्ञानेन्द्र मल्ल चल्न जरुरी छ भने बलिङमा मिडियम पेस बलरहरू चल्ल जरूरी देखिन्छ ।


ताजा समाचार