Loading... आजः आइतवार, अशोज ३१, २०७८

जाजरकोटि विद्यार्थीद्वारा राजधानीमा फुटबल प्रतियोगिता

काठमाण्डौ । अनेरास्ववियु जाजरकोट–काठमाण्डौ सम्पर्क कमीटीको आयोजनामा काठमाण्डौमा फुटबल प्रतियोगिता शुरु भएको छ ।

राजधानीमा रहेका जिल्लाका खेलाडिको प्रतिभालाई उजागर गर्नका निम्ति फुटबल प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगितामा जम्मा ६ टिमको सहभागी रहेको छ ।

उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि अनेरास्ववियु का केन्द्रिय महासचिव ऐन महर ले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि तथा महासचिव महारले अबका विद्यार्थीहरु रचनात्मक र सिर्जनशिल हुनु पर्ने बताए ।

विशेष अतिथि अनेरास्ववियु का केन्द्रिय सचीवालाय सदस्य तथा उपत्यका इन्चार्ज नारायण घर्तीले जाजरकोटमा खेल क्षेत्रको बिकास र बिस्तार गर्न अनेरास्ववियुले जुन सुकै क्षेत्रबाट योगदान दिने बताए । राजधानीमा राहेका जिल्लाका खेलाडिको प्रतिभालाई उजागर गर्न आफू र आफ्नो सँगठनले महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाए । खेलक्षेत्रको बिकासको लागि जिल्लामा आवश्यक पुर्बाधार हुनु पर्नेमा उनलेजोड दिए ।

अनेरास्ववियु जाजरकोट काठमाडौ सम्पर्क कमिटीले पहिलो पटक राजधानीमा प्रतियोगिता गरेको अनेरास्ववियुका शेखर बोहोराले जनाए ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगिता भोली समापन हुने अनेरास्ववियु जाजरकोट काठमाडौ सम्पर्क कमिटिका अध्यक्ष नबराज शाही बताए ।


ताजा समाचार