Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

आगामी शैक्षिक सत्रकालागि खलंगा पुगे पाठ्यपुस्तक

जाजरकाेट २९ फागुन । शैक्षिक सत्र सुभारम्भ हुन झण्डै एक महिना बाँकी रहेका छ तर, नयाँ शैक्षिक सत्रमा प्रयोग गरिने ६ कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरुका लागि पाठ्य–पुस्तकहरु जाजरकोट सदमुकाम खलंगामा पुर्याइ सकिएको छ । राजेन्द्र एण्ड देबेन्द्र पुस्तक सदनले भेरी नगरपालिका अन्तरगतको सबै विद्यालयलाई नयाँ पाठ्य–पुस्तक पुग्नेगरी खलंगा पुर्याएको हो ।


प्रत्येक बर्ष जिल्लाका अधिकांस विद्यालयमा पाठ्यपुस्तकको अभाव भन्ने समाचारहरु आईराख्ने गरेकाले यस बर्ष नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै आफुले पाठ्यपुस्तक पसलमा ल्याई पुर्याएको पसलका संंचालक  देबेन्द्र प्रशाद शर्माले वताए । भेरी नगरपालिका अन्तरगत पर्ने कुनै पनि विद्यालयलाई आफुले पुस्तक अभाव हुन नदिने गरि आफु लागी परेको शर्माकोे भनाई रहेको छ ।


समयमै डिपोमा पाठ्य–पुस्तक पुगेपछि भेरी नगरपालिका भित्रका विद्यालयहरुमा यस बर्ष पाठ्यपुस्तकको अभाव नहुने त्यस क्षेत्रका नागरिकहरुको भनाई रहेको छ ।


ताजा समाचार