Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेपालले हंगकंगलाइ ५ विकेटले हरायाे, अाेडिअाइ स्टाटसकाे लागी यस्ताे छ समिकरण

काठमाण्डाै । आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले लिग चरणकाे अन्तिम खेलमा हंगकंगलाई ५ विकेटले पराजित गरेको छ।

पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो ।

१५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो । ज्ञानेन्द्र १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो ।

तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । ओपनिर निजाकत खानले टिकेर देखेपनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । बाबर हायात मात्र २० र अंशुमान रथ मात्र १ रनमा आउट भएका थिए । खानले ४७ रन बनाए  ।नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २/२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।

हङकङमाथिको जितसँगै नेपाल समूह बीको चौथो स्थानमा उक्लिएको छ र अब प्ले अफमा पपुवा न्यूगिनीसँग खेल्ने भएको छ । यो खेल बिहीबार हुनेछ ।

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले ओडीआई स्टाटस पाउनेछ भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछ ।

स्कटल्याण्ड र यूएईले सुपर सिक्समा मात्र स्थान बनाएको छ । यससँगै दुबै टिमले ओडीआई स्टाटस पाउने पक्का भएको छ । अब ओडीआई स्टाटसका लागि एक सिट बाँकी छ ।

यदि प्ले अफमा नेपालले पपुवा न्यूगिनीलाइ हरायाे भने  अर्काे प्ले अफकाे (हङकङ र  नेदरल्याण्ड)  विजेतासँग खेल्नेछ ।हङकङ र  नेदरल्याण्ड बिचकाे खेलमा नेदरल्याण्ड विजयी भयाे भने नेपालले स्वत अाेडिअाइ स्टाटस पाउनेछ भने हङकङ विजेता भएकाे खण्डमा फेरी नेपाल र हङकङ  विच खेल हुने र जित्ने टिमले अाेडिअाइ स्टाटस पाउनेछ ।


ताजा समाचार