Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

केपि वलिको एक्सनको क्रान्तिकारीले गर्यो स्वागत, समर्थनमा नारा जुलुस


काठमाडौ । कैलाली घटना प्रति अनेरास्ववियु (क्रान्तिकारि) ले घोर आपत्ती जनाएको छ ।

घटनाको दोषीमाथी तत्काल कारबाहीको माग गर्दै सोमबार अनेरास्ववियु (क्रान्तिकारि) आर.आर. क्याम्पस ईकाई कमिटिले नाराबाजी सहित बिरोध जनाएको हो ।

साथै कैलाली घटना पछि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको अखिल क्रान्तीकारीले समर्थन समेत जनाएको छ । अनेरास्ववियु (क्रान्तिकारि) आर.आर. क्याम्पसका अध्यक्ष देबेन्द्र शर्माले बोक्सीको आरोपमा निर्दोष महिलामाथी भएको जघन्य हिंसाको बिरोधमा आन्दोलनका कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।

अध्यक्ष शर्माले घटनामा संलग्न सबै दोषीको पहिचान गरी तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन सरकारसँग जोडदार माग समेत गरेका छन । देश नयाँ युगमा प्रवेश गरिसकेको भएपनि बिभिन्न बहानामा महिलामाथी हुने घरेलु हिंसामा कुनै कमि नआएको बताउँदै त्यसको बिरोधस्वरुप हस्ताक्षर अभियान संचालन गरिएको जानकारी दिए ।

साथै देशब्यापी रुपमा महिला हिंसा बिरुद्द अभियान संचालन गर्न दवावमुलक कार्यक्रम समेत तय गरिएको शर्माले बताए ।


ताजा समाचार