Loading... आजः आइतवार, कार्तिक ९, २०७७

कृषि उत्पादन पर्यटनको प्रचार प्रसार गर्नको लागि छेडाको थलहबजारमा माछा महोत्सव

जाजरकोट, २८फागुन ।  कला, संस्कृति, पर्यटन तथा कृषि उत्पादनको प्रचार प्रसार गर्नको लागि जाजरकोटको छेडागाड नगरपालिकाको थलहमा पहिलो माछा महोत्सव तथा कृषि पर्यटन तथा व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति जाजरकाटको आयोजना र छेडागाड नगरपालिका तथा छेडागाड युवा बिकास केन्द्र र थलह बजार ब्यबस्थापन समितिको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।
महोत्सव यहि चौत १ गतेदेखि ५ गतेसम्म ‘‘कला संस्कृति, पर्यटन उत्पादन र ब्यवसायिकरण हाम्रो अभियान, आत्मनिर्भर स्वाभिमान र समुन्नत जाजरकोटको निर्माण’’ भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय सामाजिक, सचेतनात्मक, सांस्कृतिक तथा खेलकुद प्रथम माछा उत्सब सञ्चालन हुन लागेको आयोजक समितिका संयोजक सरोज जंग शाहीले बताए ।

तस्बिर रेशम बहादुर खडका  जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादहमा रहेकाे ढुगे देवल
प्रथम राष्ट्रिय सामाजिक, सचेतनात्मक, सांस्कृतिक तथा खेलकुद प्रथम माछा उत्सब लाग्ने भएको हो । जाजरकोटीको आयस्तर अभिबृद्धि गरी स्थानीयको जनजीवनमा समृद्ध समुन्नत ल्याउने परिकल्पनासहित जिल्लाको थलह बजारमा मेला पाँच दिनसम्म संचालन हुने मेला ब्यबस्थापन समितिका स–संयोजक भुपेन्द्र गिरीले बताए ।


जाजरकोटमा प्रशस्त सम्भावनाहरु रहेता पनि उचित प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । मुल आयोजक समितिका संयोजक सरोज जंग शाहीले भने–‘अब सबैक्षेत्रका सरोकारवाला निकाय तथा व्यक्तिहरु मिलेर यो अभियानलाई साँझा बनाउदै जाजरकोटलाई समृद्धिको दिशा तर्फ लैजानुपर्छ ।’ मेलालाई सफल बनाउन जिल्लाका सबै स्थानिय तह तथा जिल्ला समन्वय समिति लगायतका सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग रहने मेला आयोजक समितिले जनाएको छ ।
जाजरकोट जिल्लामा रहेका पर्यटन, उद्योग तथा व्यावसायको प्रचार प्रसार गरी यसको दिगो विकासका लागि मेलाले सहयोग पु¥याउने स–संयोजक नवराज शाहीले बताए । पाँच दिनसम्म सञ्चालन हुने मेलामा कम्तीमा ४० हजार दर्शकहरुले अवलोकन गर्ने मेला आयोजक समितिको दाबी रहेको छ ।

मेलामा स्थानीय उत्पादन, बहुमुल्य पत्थर, घरेलु उत्पादन, छेडा खोलाको माछा, फोटो प्रदर्शन, सांस्कृतिक तथा पौराणिक झाँकी, स्थानीय कला र संस्कृति झल्काउने नाँच गानहरुको प्रस्तुती रहनेछ । त्यसैगरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुले भरपुन मनोरन्जन प्रदान गर्नेछन् । राष्ट्रिय कलाकारहरुमा  बिष्णु खत्री, टिका पुन, जय रावत, राजु सुनार, दिपसा बिसी, धनराज चुनारा, मनोज शर्मा, बल बहादुर आरसी, छितिज सर्मपन, शेर बहादुर अधिकारी, लिला थापा वलि, शोभा अधिकारी, कर्ण गिरी, संजय पालपाली, शिव शक्ति जि.एम., भिम भुषाल, दिपक रोकाया, बिकास कुमार शाह, दुर्गा बिसी, गिता शाही लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक समितिका संयोजक शाहीले बताए ।


ताजा समाचार