Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

छेडागाड नगर सभाबाट १० वटा बिधेयक पारित

जाजरकोट, २८ फागुन ।जाजरकोटको छेडागाड नगरपालिकाले दोस्रो नगर सभाबाट १० वटा विभिन्न बिधेयकहरु पारित गरेको छ । स्थानीय सरकार सञ्चालनको लागि आवश्यक प्रशाशकिय कार्यबिधि नियमित गर्ने ऐन २०७४, नगर शिक्षा ऐन २०७४, सहकारी ऐन २०७४, कृषि ब्यबसाय प्रबद्र्धन ऐन २०७४, न्याय समिति कार्यबिधि ऐन २०७४, भवन मापदण्ड ऐन २०७४, कर तथा गैर कर राजश्व ऐन २०७४, आर्थिक कार्यबिधि ऐन २०७४, संघ संस्थासम्बन्धी दर्ता ऐन २०७४, बिकास समिति ऐन २०७४ छेडागाड नगरपालिका बिशेष नगर सभाबाट पारित भएको छ ।
छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले हिउँदे तथा दोस्रो नगर सभामा चालु आर्थिक बर्षमा नगरपालिकाद्धारा निर्माण गरिनु पर्ने र गरिएका बिकास निर्माणका बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेट अनुसार जम्मा काम मध्ये ७५ प्रतिशत काम सम्पन्न भएको र २५ प्रतिशत काम हुन बाँकि रहेको नगर प्रमुख महताराले प्रस्तुत गरेका थिए ।
हाल नगरपालिकामा सम्पन्न भएका कामहरुमा भुत्तानी दिन केही बाँकिरहेको समेत नगर प्रमुख महताराले बताए । साथै गत फागुन २६ गते भएकाे बस दुर्घटनामा छेडागाड नगरपालिका भित्रका ज्यान गुमायका र घाइते लाइ रु ५ हजार रुपया उपलवध गराउने समेत निर्णय गरियाे । नगरपालिकाबाट छोटो समयमा सम्पन्न हुने कार्यक्रम सम्पन्न भएको ले काम गर्न नसकिने बजेट पुन नगर सभावाट हेरफेर गरिएको प्रमुख महताराले बताए । त्यसैगरी शिक्षा, स्वास्थ्य, सहकारी, कृषि विकास, पशुपंक्षी विकास तर्फ नगरपालिकाले गरेको कार्यप्रगतीलाई सामाजिक विकासको कार्यप्रगतिका रुपमा नगर प्रमुख महताराले सार्वजनिक गरेका नगर प्रवक्ता गणेश प्रसाद जैसीले बताए ।
नगरपालिकाको कुल बजेट बार्षिक बजेट मध्ये छेडागाड नगरपालिकाले दोस्रो चौमासिकसम्म १३ करोड कर्मचारी भत्ता, १८ भौतिक पूर्वाधार पैसा भुक्तानी दिई सकेको वित्तिय प्रगतीलाई नगर प्रमुख महताराले सार्वजनिक गरेका थिए ।

छेडागाड नगरपालिकाको दोश्रो नगर सभा शुत्रवार देखि दशेरामा सुरु भएको थियाे । स्तानीय तह सञ्चालन कार्यविधि २०७४ अनुसार छेडागाड नगरपालिकाको दोश्रो नगर सभा सुरु गरिएको हो । भ्रष्टाचारलाई अन्त्य गरि सुशासन प्रवद्र्धन गर्न छेडागाड नगरपालिकाको दोश्रो नगर सभाले नयाँ विधिको खोजी गर्ने छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महताराले वताएका छन् । दोश्रो नगर सभाको उद्घाटन सत्रमा नगर प्रमुख महताराले यस्तो धारणा राखेका हुन् ।

उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै नगर प्रमुख महताराले भने–‘भ्रष्टाचार हुन्छ र भयो भनेर सदै भरी सबैले कुरा उठाउने गरेको भएता पनि भ्रष्टाचारको अन्त्य कसरी गर्ने भनेर विधिको खोजी कहिले पनि कसैले गरेको छैन् ।’ भ्रष्टाचारको अन्त्य गरि सुशासन प्रवद्र्धन गर्न यसपालिको नगरसभाले नयाँ विधिको खोजी गर्ने वताउदै प्रमुख महताराले भने–‘हामी यस नगर सभाको वन्द सत्रमा नगरपालिकाको ऐन, विभिन्न निर्देशिका र कार्यविधिहरुलाई दफ्फावार छलफल १० अाेटा  बिधेक पास  गरेका छाै ।’


ताजा समाचार