Loading... आजः शनिबार, कार्तिक ८, २०७७

ग्रामिण क्षेत्रबाट बैङकिङ सेवा सुरु


इन्द्रसरा खड्का 
अछाम, फागुन २७ । अछामको बिकट ठाउँमा रहेको मेल्लेख गाउँपालिका वडानम्बर ६ शोडशादेवीमा सञ्चालीत चिरञ्जीबि सपिङ सेन्टरले गाउँमै बैङकिङ सेवा सुरु गरेपछि त्याहाँका नागरीकलाइ सजिलो भएको छ । गाउँबाट एकदिन भरी पैदल हिडेर ब्यापारीक केन्द्र साफेबगर र सदरमुकाम मंगलेसन जानुपर्ने त्याहँका नागरीकलाइ मध्येनजर गर्दै नन्देश्वरी माबिका शिक्षक टेकराज भट्राइले बैङकिङ सेवा सुरु गर्नुभएको हो । प्रबिधीको प्रयोग गरी सेवा ग्राहिलाइ छिटो सेवा दिने उदेश्यले गाउँमै यो सेवा सुरु गरेको शिक्षक भट्राइले बताउनुभयो । शोडशादेबि मै अहिले यो सेवा पाएपछि त्हाँका नागरीक खुसि भएका छन् ।

पहिले पहिले बैङ्कमा रकम जम्मा गर्न पैसा पठाउन र झिक्न दिनहुँ पैदलयात्रा गरेर जानुपर्ने त्यहाँका नागरीकले गाउँमै सेवा पाउदा आफुहरुलाइ खुसि भएको बताएका छन् । देशसंघियतामा गएर सिंह दरबारको सेवा गाउँमै पाउने भनिएपनि स्थानियतहमा बैङ्क नहुँदा समस्यामा परेको शोडशादेबिका नागरीक गाउँमै बैङकिङ सेवा पाउदा खुसि भएका हुन् । आफुलाइ आफ्नो छोराले महिनौ पिच्छे पैसा पठाउने भएकाले गाउँमै यो सेवा पाउदा खुसि लागेको शोडाशादेबिका खम्म टमाट्टले बताउनुभयो । ‘साफे ,मंगलसेन पुग्न एक दिनभरी हिड्नु पर्ने, गाडीमा गए ६ सय रुपैयाँ भाडामात्रै लाग्ने र बसन खानको लागि धेरै पैसा खर्च गर्नुपर्ने समस्या थियो अहिले गाउँमै बैङकिङ सेवा पायौ निकै खुसि लाग्यो ‘टमाट्टाले भन्नुभयो ।

सो ठाउँमा चिरञ्जिबि सपिङसेन्टरले सुरु गरेको बैङकिङ सेवामा नेपाल भारत तथा बिश्वका जुनसुकै ठाउँबाट प्रभुमनिट्रान्सफर र आइ एम इ बाट पठाएको रकम तुरुन्त भुक्तानि गर्न सकिने ब्यावस्था रहेको छ । यस्तै राष्ट्रिय बाणिज्य बैङ्क, महालक्ष्मी बिकास बैङ्क, मेगा बैङ्क, जनता बैङ्कमा चिरीञ्जिबि सपिङ सेन्टरकोे खातामा जम्मा गरेको रकम , इ सेवाको सेन्ड मनीबाट पठाएको रकम, महालक्ष्मी बिकास बैङ्क, जनता बैङ्क प्रभ बैङ्क ु, शिदार्थ बैङ्क ग्लोब्ल आइएम इ बैङ्क बाट काउन्टर डिपोजीट गरेको रकम भुक्तानी गर्न सकिने ब्यावस्था रहेको टेकराज भट्राइले बताउनुभयो ।

यस्तै रकम भुक्तानिका साथै जुनसुकै बैङकको खातामा रकम पठाउन सकिने ब्यावस्था रहेको सञ्चालक भट्राइले बताउनुभयो । इ सेवा तथा मोवाइल बैङकिङ सेवाबाट जुनसुकै बैङ्कको खातामा रकम जम्मा गर्न सकिने र प्रभुमनिट्रान्सफर र आइ एमइ बाट रकम पठाउन सकिने ब्यावस्था समेत रहेको सञ्चालक भट्राइले बताउनुभयो । बिभीन्न बैकको मोवाइल बैकिंगसेवा मार्फत इ सेवामा रकम लोड गरी रकम तुरुन्तै भुक्तानी गर्न सकिने ब्यावस्था छ । मोवाइल बैङकिङ सेवा र इ सेवाबाट जुनसुकै बैङ्कको खातामा पनि रकम जम्मा गर्न सकिने सेवा चौबिसै घण्टा उपलब्ध रहेको बताइएको छ । यतिमात्रै नभइ इ खाता खोलन सकिने र इ खाता खोलेको मान्छेलाइ जुनसुकै ठाउँबाट पनि रकम उपलब्ध गराउने सकिने सुबिधा रहेको छ ।

सो सेवाबाट मेल्लेख गाउँपालिका वडानम्बर १, २ ऋीषिदह, वडानम्बर ५ बिन्देबासनी, वडानम्बर ६ शोडशादेवी लगायत रामारोशन गाउँपालिकाको सुतारका नागरीकले सेवा लिरहेका छन् ।


ताजा समाचार