Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

साहित्यकार सत्या पहाडी को कबिता : तिम्रो अभाव म !

तिम्रो आँखामा आँसु सुहाउदैन

हृदयमा सोला पचाएर हास्नु

फलामकै छाति बनाउनु

संसार हास्नेहरुकै हुन्छ

दुनिया बदल्ने यात्रामा

भाला हान्नेहरु पनि हुन्छन

परायहरु त चित्कार मात्र सुन्छन

त्यो भन्दा ठुलो

आफ्नै संग जोडिएका पराएले त

जिवनै पो मार्छन भन्थ्यौ

म त आश्रुभेल मै डुबे

निशासिदै पौडीएर उत्रिए

हो आमा तिमिले छोडे पछि

तिम्रो अभावको पिडाले थलिय

हर रात अनि हर दिन

तिम्रो यादमै पग्लिय

आफ्नै हरुको चोटले गले

हो आमा , हर पल अनि हर क्षण

घाउहरुको जलन मै वले

तिमी शुकोमल छौ

अनिदोको रेखा पच्दैन

थातहरुको बास मिलाएर निदाउनु

आशहरुलाई मर्न नदिनु

बिपरितहरुले त तर्साउछन मात्र

आफ्नै भित्रकाले घात बर्साउन सक्छन

साट पचाएर स्पात बन्नु

साथ छोड्नेहरुले लात हान्न सक्छन

आँट बटुलिरहनु भन्थ्यौ

म त रातहरुमा जाग्राम बसेर

प्रतिघात को कठ्याङग्रीदो तुसारो सहेर

अपमानका कोर्राहरुले बर्साईएका

दर्दनाक आत्माका सुम्लाहरु पचाएकी छु

हो आमा

बिश्वास घातका प्रहरहरु

तिरस्कार पुर्ण बकवासहरु

सम्वन्धको पर्दा भित्र

ढोङ्ग र पाखण्डको सुलिबाट

क्षतविक्षत बनेर रात कटाएकी छु

हो आमा तिम्रो अनुपस्थितीमा

वरफको निरस मुर्ति झै सजाएर

प्रयत्न भईरह्यो समाप्तीको दृष्टान्त बनाउन

आफ्नै बनेर भईरह्यो

आरीसको असिना त कति बस्र्यो बस्र्यो

सारो पथाउदैनेउ भन्थ्यौ

गाह्रो सक्दैनेउ भन्थ्यौ

मेरो सामुन्नेमा हरपल भईरहन्थ्यौ

त्यसैले त
मन त्यसै खुल्थ्यो

जिवन स्वत फुल्थ्यो

यात्रा सहज लाग्थ्यो

हो आमा ,तिम्रो अभावमा

दुःख पचाउदा आँसु संगै

यथार्ततामा फलाम चपाएर

नरम पो भएछ

मुटु पग्ली भेल बनेको सुकेर

अभेद्य चट्टान पो बनेछ

राग विरक्तीएर राँको बने पछि

अश्रुधारहरु त कहा बग्छन र

तिरले छेडीदैन छाति

मन त झन करुणतामा कहा पग्लन्छ र

घातमा बिश्वास बाँच्दैन कहि

तिकडमको खेलले मेल खोज्दैन कहि

तिम्रो अभावको पुर्ति अब हुदैन आमा

तिमी आउछेउ कि भन्ने पनि लाग्दैन आमा

तर तिमी हृदय भित्रै छौ सम्झना

तिमी सर्वत्र छौ मेरो उर्जामा

त्यसैले यात्रा रुक्दैन आमा

तिम्रै सन्तान हु म कहिल्यै झुक्दैन आमा

मुटुकै चोट पनि अब दुख्दैन आमा

सत्या पहाडी  जाजरकाेट देखि प्रतिनिधि सभा समानुपातिक सदस्य हुन ।


ताजा समाचार