Loading... आजः सोमवार, कार्तिक १०, २०७७

कृषि क्षेत्रलाई प्राथामिकता दिने – नगर प्रमुख रावल

जाजरकाेट २७ फागुन । जाजरकाेटका नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले कृषि क्षेत्रमा प्रथामिकता दिने बताएका छन । नलगाड नगरपालिकाकाे द्राेस्राे नगर सभा लाइ उद्धगाटन गर्दै प्रमुख रावलले नेपाल कृषि प्रदाय देश भएकाेले अागामि दिनमा नगर सभाबाट बिशेष याेजना बनाइ कृषि क्षेत्रमा प्रथामिक्ताम राख्ने रावलले बताए ।  साथै  नलगाड नगरपालीका वडा नं.१ देखि वडा नं.१३ सम्म रहेका स्थानिय नागरिकहरुलाई औषिधि उपचारमा सहजता ल्याउनको लागी नेपाल सरकारले लागु गरेको स्वास्थ्य विमालाई अनिबार्य नगरमा लागु गर्न लाग्न सवै सदस्यहरुलाई स्वास्थ विमाको वारेमा स्थानिय स्तरमा नागरिकहरुलाई जानकारी गराउन नगर प्रमुख  रावलले आग्रह गरे ।

आइतवार देखि संचालन हुने दाेस्राे नगर सभाले नलगाड नगरपालीकालाई कृषि उत्पादनमा जोड दिने भएको छ । स्थानिय नागरिकहरुको मुख्य पेशा कृषि भएकोेले कृषि क्षेत्रलाई आधुनिकिकरण वनाएर लिने ठाउ अनुसार कृषकहरुलाई फरक फरक खेति तर्फ प्रेरणा दिएर नलगाड नगरपालीकालाई कृषि पेशामा आत्म निर्भर गराउनकाे लागि गुरु याेजना निर्माण गरेर अगाडि बढने प्रमुख रावलले बताए ।

जनताको जीवन समृद्धीका लागि पहिले स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने वताउदै प्रमुख रावलले स्वस्थ जीवन जिउनका लागि सरसफाईमा जोड दिनुको साथै सबैको घर–घरमा स्वच्छ खानेपानी ब्यबस्था गर्ने वताए । बरोजगारी सस्यालाई समाधान गर्न र स्वस्थ जीवनका लागि पोषणयुक्त भोजनको ब्यबस्था गर्न नगरपालिकाले कृषिलाई जोड दिने उनले वताए । कृषिका क्षेत्रमा नगरपालिकाको वडा नम्बर १ र २ लाई मौरीको पकेट क्षेत्र, ३ नम्बर वडालाई सुन्तला जोन्, वडा नम्बर ५ लाई मकैको पकेट क्षेत्र, वडा नम्बर ७ लाई धानको पकेट क्षेत्र र वडा नम्बर १२ र १३ लाई स्याउको पकेट क्षेत्रमा विकास गरेर लैजाने उनले वताए ।

सञ्चालनमा रहेकाे  नगर सभाले अनुमोदन गरेका कृषि,स्वास्थ्य ,शिक्षा लगाएत नगरपालीकाले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा प्रगति विवरण प्रस्तुत गरेकाे छ।  स्थानिय  तह सञ्चालन गर्नकाे लागि बिभिन्न एेन तथा नियमावलि समेत पारित गर्ने कार्यतालिका रहेकाे नगरपालिका स्राेतले जनाएकाे छ ।  नलगाड नगरपालिकाको दोश्रो नगर सभा आईतवार देखि दल्लीमा सुरु भएको छ । स्तानीय तह सञ्चालन कार्यविधि २०७४ अनुसार नलगाड नगरपालिकाको दोश्रो नगर सभा सुरु गरिएको हो । भ्रष्टाचारलाई अन्त्य गरि सुशासन प्रवद्र्धन गर्न नलगाड नगरपालिकाको दोश्रो नगर सभाले नयाँ विधिको खोजी गर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वताएका छन् । दोश्रो नगर सभाको उद्घाटन सत्रमा नगर प्रमुख रावलले यस्तो धारणा राखेका हुन् ।

उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै नगर प्रमुख रावलले भने–‘भ्रष्टाचार हुन्छ र भयो भनेर सदै भरी सबैले कुरा उठाउने गरेको भएता पनि भ्रष्टाचारको अन्त्य कसरी गर्ने भनेर विधिको खोजी कहिले पनि कसैले गरेको छैन् ।’ भ्रष्टाचारको अन्त्य गरि सुशासन प्रवद्र्धन गर्न यसपालिको नगरसभाले नयाँ विधिको खोजी गर्ने वताउदै प्रमुख रावलले भने–‘हामी यस नगर सभाको वन्द सत्रमा नगरपालिकाको ऐन, विभिन्न निर्देशिका र कार्यविधिहरुलाई दफ्फावार छलफल गरि पास गर्ने छौं ।’

 

त्यसैगरी संसार बुझ्न तथा अध्ययन गर्न सबैको घर–घरमा विद्युत्त, सवै वडा कार्यालयमा सडक निर्माण, विस्तार र व्यबस्थापन आफ्नो परिकल्पना रहेको प्रमुख रावलले वताए । नितीगत निर्णय गरेर नगरपालीकाले शैक्षिक विकासकालाई अगाडी वढाउने, मातृ तथा नवजात शिशु मृत्युदरलाई न्युनिकरण गर्नका लागि नगरपालिका निकै गम्भिर भएको वताउदै प्रमुख रावलले पाठेघर खसेका महिलाहरुको उपचारका लागि चालु आर्थिक बर्षमा ५ लाख रुपैया वजेट विनियोजन गरिएको वताए ।

नगर सभाको बन्द सत्रले आर्थिक ऐन २०७४, नगरपालिकाको कार्यविभाजन नियम २०७४, नगर कार्यपालिकाको बैठक संचालन कार्यविधि, नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४, भ्रमण खर्च निर्देशिका २०७४ लाई दफ्फावार छलफल गर्ने प्रमुख रावलले जानकारी दिए ।


पानसमा बत्ती वालेर दोश्रो नगरसभाको उद्घाटन जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावलले गरेका थिए । सभाको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावल, सदस्य वीरबहादुर रावत, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोटका प्रमुख रामबहादुर विक, नेपाल पत्रकार महासंघ, जाजरकोटका सचिव हेमन्त केसी, उद्योग बाणिज्य संघ कालिमाटी शाखा अध्यक्ष धनबहादुर रावल, नारिक समाजका संयोजक दीपबहादुर नेपाली लगाएत नगरपालीकामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नगर सभा ३० गतेसम्म चल्ने नगरपालिकाको सचिवालयले जनाएको ।


ताजा समाचार