Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

“उद्घोष को विमोचन”

सरला सुबेदी, 
कोहलपुर ।  पूर्णिमा साहित्य प्रतिष्ठान को २५ औं प्रकाशन देवकी निरौलाको गजलसङ्ग्रह ” उद्घोष” को विमोचन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रम पुर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा र बाँके क्षेत्र नं १ ख की प्रदेश सभा सांसद आरती पौडेल को प्रमुख आतिथ्यता मा सम्पन्न भएकाे थियाे भने विशिष्ट अतिथिहरुमा वरिष्ठ कथाकार सनत रेग्मी, नेपालगन्ज उप महानगर पालिकाकी उप मेयर उमा थापा, कोहलपुर नगरपालिकाकि उप मेयर सञ्जु कुमारी चौधरी रहनु भएको थियो।

उक्त कार्यक्रमकाे  उद्घाटन प्रमुख अतिथि पौडेलले पुस्तकालयलाइ कृति उपहारस्वरूप प्रदान गरी, विमोचित कृतिबाट रचना वाचन गरेर गर्नुभएकाे थियाे । भेरी साहित्य समाज, प्रगतिशील लेखक संघ बाँके, बार्दली फाउन्डेसन लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । आफुलाई गजल, कबिता त्यती सिर्जना गर्न न आएता पनि सुन्न निकै मन पर्ने र साहिय क्षेत्रको बिकासका लागी आफुले सक्दाे सहयोग गर्ने प्रमुख अतिथी पौडेलले बताउनुभयो ।

कार्यक्रममा सागर गैरे, देवकी निरौला, किरण आचार्य, सालिकराम सापकोटा, भरत रानाभाट, इश्वरी रिजाल, ऋचा लुइटेल, बद्री ढकाल, देवेन्द्र आचार्य, विष्णु पादुका, वि पी अस्तु, शान्ति अधिकारी , नमिता बराल, भुपेन्द्र सुवेदी, तुलाधर बिश्वकर्मा लगाएत दुई दर्जन बढी साहित्यकारहरुले रचना वाचन गर्नु भएको थियाे ।

१५० बढीकाे सहभागीता हरेकाे उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष कवि परदीप भट्टराईले राख्नु भएकाे थियाे भने सञ्चालन सचिव पुष्कर रिजालले गर्नु भएको थियो।


ताजा समाचार