Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जिल्ला शिक्षा अधिकारी सिंहकाे विद्यार्थीसंग आग्रह

जाजरकोट, २६ फागुन । जिल्लाको परीक्षा प्रणालीमा चिट चोर्ने चोराउने प्रवृत्ति वढ्दै गएको भन्दै यहाँका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले विद्यार्थीहरुलाइ चिट नचोर्ने बाचा गर्न आग्रह गरेका छन् । विद्यालयको पढाइको अवस्था बुझ्न जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
शिक्षक, विद्यार्थी र अभिभावकहरु एवम अन्य व्यक्तिहरुले चिट चोर्ने चोराउने क्रियाकलापलाइ विकृतिको रुपमा फैलाउँदै लिएको भन्दै उनले यसमा अब आउने सबै परीक्षाहरुमा चिट नचोरेर परीक्षा दिन्छु भनी वाचा गर्न उनले जिल्लाका सबै विद्यार्थीहरुलाई आग्रह गरे ।
परीक्षामा चिट चोरेर पास गर्ने चलनका कारण विद्यालयको पढाइ विग्रनुका साथै दक्ष जनशक्ति उत्पादनमा समस्या परेको हुनाले यस तर्फ विद्यार्थीहरु र शिक्षकहरु सचेत हुन पर्ने उनले वताए । चैत्र ८ गते देखि सुरु हुने विद्यालय शिक्षा परीक्षा र वैशाख १४ गते देखि सुरु हुने १२ कक्षा एवम ३० गते देखि सुरु हुने ११ को परीक्षालाइ लक्षित गर्दै जिल्ला शिक्षा अधिकारी सिंहले सवै परीक्षाहरुलाइ चिट मुक्त वनाउने काममा सहयोग गर्न विद्यार्थीहरुसंग आग्रह गरे ।

सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुसंगको एक छलफल कार्यक्रम मार्फत जिल्ला शिक्षा अधिकारी सिंहले नचोरेर फेल भएकोमा गर्व गर्ने र चीट चोरेर पास भएकोमा हिनतावोध गर्ने सोच वनाउन विद्यार्थीहरुलाइ आग्रह गरे । वेरोजगारी वढ्नुको कारण दक्ष जनशक्ति उत्पादन नहुनु नै भएको उनले विद्यार्थीहरुलाइ सुझाए ।
छलफलमा विद्यार्थीहरुले जिल्लाका सवैपरीक्षाहरुमा चिट चोर्ने चोराउने प्रवृत्ति वढ्दै गएको र यसलाइ रोकथाम गर्न शिक्षा कार्यालय लगाएतका निकायले पहल नगरेको गुनासो गरेका थिए । त्रिभुवन माध्यमिक विद्यालय कक्षा १२ की छात्रा सुनीता शर्माले परीक्षामा केहि केन्द्राध्यक्षहरुले नै चिट चोर्ने, चोराउने र सटटामा विद्यार्थी राख्न लगाउने काम गरेको भन्दै गुनासो गरेकी थिइन् । उनले शिक्षा कार्यालयले थाहा पाएर पनि परीक्षामा मर्यादा विगार्ने र गलत काम गर्नेलाइ कारवाहि गर्न नसकेको भन्दै आक्रोस पोखिन् । उनी जस्तै अर्काे विद्यार्थी हरिकृष्ण वुढाले पनि जिल्लामा परीक्षा प्रणाली सुधार गर्न गल्ती गर्नेलाइ कडा कारवाहि हुनुपर्ने भन्दै जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराए ।

उनले इमान्दारीता क्षमता र योग्यताका आधारमा केन्द्राध्यक्ष नियुक्त नगरेर विद्यालय र शिक्षक संगठनहरुका आधारमा भागवन्डा गरेर जिम्मेवारी दिने गर्नाले समस्या परेको वताए ।
विद्यार्थीहरुको सवालको जवाफ दिदै गत वर्षका परीक्षामा गतिलो काम गर्न नसकेका शिक्षकहरुलाइ यस पटकको परीक्षामा केन्द्राध्यक्ष नबनाइने जिशिअ सिंहले बताए ।
उनले अव क्षमता र इमान्दारीताको आधारमा सवै परीक्षाको केन्द्राध्यक्ष नियुक्त गरिने वताए । जिल्लामा १० कक्षा देखि१२ कक्षा र स्नातक तह सम्मकै परीक्षामा व्यापक चिटींग हुने गरेको र यसलाइ रोक्नका लागि सरोकारवाला निकायले पहल नगरेको जनगुनासो छ ।
जिल्लामा विग्रदैगएको परीक्षा प्रणाली र चिटींग रोक्नका लागि शिक्षक स्थानीय प्रशासन र जिल्ला शिक्षा कार्यालय नै जिम्मेवारी भएर लाग्नु पर्ने नागरिक अगुवा केशव जंग शाह वताउछन् । जसले जे गरे पनि मुख्य सरोकारवाला निकायले कडाइ गरे र गल्ती गर्नेलाइ कारवाहि गरेमा परीक्षा प्रणालीमा विकृति रोक्न सकिने नागरिक अगुवा शाहले वताए ।
प्रत्येक बर्ष जिल्लावाट १० हजार वढी विद्यार्थीहरुले कक्षा, १०, ११ र १२ कक्षाको परीक्षा दिने गरेको शिक्षा कार्यालयको तथ्यांक छ ।


ताजा समाचार