Loading... आजः शनिबार, मंसिर ११, २०७८

जुनिचाँदेमा कृषि शाखाको सक्रियता

जाजरकोट, २६ फागुन । जाजरकोटको जुनिचाँदे गाउँपालिका अन्र्तगत कृषि बिकास शाखाको दोस्रो चौमासिकमा सञ्चालित कार्यक्रमहरु तिब्र गतिमा अगाडि बढिरहेका छन् ।

आर्थिक बर्ष २०७४/०७५ अन्तरगतका बिभिन्न कृषि क्षेत्रमा हुने तालिम गोष्ठी लगायत अन्य कार्यक्रमले नियमिता पाएका हुन ।
हालसम्म च्याउ बिउ बितरण तथा तालिम, हिउदे फलफुलको बिरुवा, कृषि सामाग्री बितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको जुनिचाँदे गाउँपालिका कृषि शाखाका प्रमुख लाल बहादुर खडकाले जानकारी दिए ।


स्थानीय स्थरमा रहेका कृषक समूहहरुलाई उनीहरुको मागलाई मध्यनजर गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रमुख खड्काले बताए ।
हालसम्म ८५० जनालाई करेसावारीमा तरकारी खेती गर्नको लागि बिउँ बितरण गरिएको प्रमुख खड्काले बताए । त्यस्तै च्याउको बिउ १०० जनालाई बिउ तथा तालिम प्रदान गरिएको थियो ।
कार्यकम्मा कृषि सामाग्रीमा प्लाष्टिक घर १२ जनालाई बितरण गरिएको थियो भने स्प्रेयर टेङ्की १२ जना, हजारी ३०० जनालाई बितरण गरिएको थियो ।
बिउ सुकाउनको लागि त्रिपाल ५० जना, बिउ संरक्षणको लागि सिडबिन भकारी ८ जनालाई बितरण गरिएको थियो ।
उक्त गाउँपालिकामा हालसम्म कुनै पनि घरमा घरमा उपभोग गर्नको लागि तरकारी खेती नभएका कारण ४० जनालाई हाब्रेड बिउसमेत बितरण गरिएको थियो ।


गाउँमा प्रशस्त सिस्नो लगायतको पोसिलो सागपात हुने भएतापनि हाल कुनै पनि समुहले तरकारी खेतीको रुपमा काम गर्दै नआएकाले बिभिन्न समुहलाई तालिमको आयोजना गरिएको थियो ।
उता गाउँपालिकाले भने आ.ब २०७५/०७६ कृषि क्षेत्रमा गुरुयोजना निर्माण गरी बजेट बिनियोजित गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बताए । नेपाल कृर्षि प्रदान देश भएकोले हाल भारतको नीर्भरमा चलिरहेको हुदा आगामि दिनमा गाउँ सभा बाट बिशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन


ताजा समाचार