Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जेष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य शिविर

कोहलपुर । कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा जेष्ठ नागरिककालागी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

आयुर्वेदिक औषधालय कोहलपुरको समन्वय तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिविरमा कोहलपुर नगरपालिका १४ नं. वडाका ६ सय ५३ जना नागरिकहरुले सेवा लिएको कोहलपुर आयूर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।

हालै स्टिम बाक्स प्रविधि भित्राएको औषधालयले कोहलपुर नगरपालिकासँगको समन्वयमा बिभिन्न वडाहरुमा निःशुल्क स्वाथ्य शिविर संचालन गर्दै आएको श्रेष्ठले बताए । शिविरमा ९१ जना जेष्ठ नागरिकका अलावा १५ जना स्तनपाई आमाहरुले समेत स्वाथ्य लाभ लिएका थिए भने ८४ जनाले स्टिम बाथ प्रविधिमार्फत उपचार गराएको श्रेष्ठले बताए ।

शिविरमा निःशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी समेत बितरण गरिएको थियो ।


ताजा समाचार