Loading... आजः आइतवार, कार्तिक ९, २०७७

भेरी नगरपालिकामा खेल प्रतियोगिता सम्पन्न

जाजरकोट, २६ फागुन । भेरी नगरपालिकाको गंगटियामा १०८ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरीएको छ । भेरी नगरपालिका वडा नं ८ गंगटियाम शुक्रबार विभिन्न प्रतियोगीता सम्पन्न भएका हुन् ।

भगवती अाधारभुत विद्यालयको मैदानमा लालिगुराँस महिला बचत सहकारीको आयोजनामा प्रतियोगीताको आयोजना गरिएको थियोे । महिला कुर्सी दौड प्रतियोगीता, लोक गित प्रतियोगिता, महिला सिगारु प्रतियोगीता, महिला छेलो प्रतियोगिता, चक्का डान्स प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, घैटोभर प्रतियोगीता सम्पन्न भएको जयराज बिकले जानकारी दिए । प्रतियोगीता अन्तरगत लोक गित प्रतियोगितामा भेरी न ७ पुन्मा प्रथम भएको छ भने द्धितिय लालिगुरास समुह र तिर्तियमा भेरी ६ आमा समुह आएको आयोजकले जनाएको छ ।

यसै गरि महिला सिगारु तर्फ प्रथम भेरी नगरपालिका ७ पुन्मा, द्धितियमा भेनपा ६ गंगटिया, तृतीयमा भेनपा ६ गांगटिया ख समुह बिजय भएको थियो । महिला छेलो मा प्रथम भेरी न पा ७ पुनमा, द्धितियमा भेनपा ५ सालटाकुरा र तिर्तिय भेरी नपा ६ गंगटिया बिजय भएको थियो । कुर्सिदैड तर्फ प्रथा सन्द्यया शाहि, द्धितियमा करिश्मा शाही र तिर्तिय बिमला चन्द बिजय भएकाे आयोजकले जानकारि दिएको छ । तेस्तै चक्का डान्स तर्फ प्रथम भगवति शाही, द्धितियमा जोति मल्ल र तिर्तिय सन्ध्या शाहीले जीत हात पारेकी थिइन ।

लोक नृत्य
सुनौलो महिला समुह प्रथम अन्जु बिसि द्धितिय, आत्म निर्भर समुह तिर्तिय  भएको भगवती आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नैन बहादुर सिंह जानकारि दिए । भेरी नगरपालिका र बाताबरण संरक्षण नेपाल सयुक्त आर्थिक सहयोगमा तथा लालीगुरास महिला बचत सहकारीको आयोजनामा भएको कार्यक्रममा वडा नं ८ का ७ का विद्यार्थि स्थानिय हरुको सहभागीता रहेको थियो । लालगिुरा महिला बचत सहकारि समुहका कोषध्यक्ष सिता मल्ल शाही अध्यता तथा वातावरण नेपाल कि सहजकर्ता सिर्जना शाहि प्रमुख अथितितेमा कार्यक्रम सम्पन्न गरिएको थियो ।


ताजा समाचार