जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक समिति गठन
जाजरकाेट २६ फागुन । जाजरकाेटमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक तथा ब्यबस्थापन समिति गठन गठन गरिएकाे छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीकाे अध्यक्षताम बसेकाे भेलाले जिल्ला समन्वय समितिका प्रमुख मान बहादुर रावलकाे संयाेजग्ताेमा नाै सदसिय कार्य समिति गठन गरिएकाे छ ।
मान बहादुर रावलकाे संयाेजकमा नाै कार्यसमिति गठन गरिएकाे छ । जसकाे अध्यक्षमा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती , उपाध्यक्षका भेरी नगरपालिका वडा न ४ का वडा अध्यक्ष खम्ब जंग शाह, सदस्यमा शिव बिक्रम हमाल, हेरम्ब बहादुर शाह मनाेनयन बाट दिपक थापा, ढकबिर राना, काैसिला अाेली, राम किसाेर यादव लगाएतकाे नयाँ कार्य समिति गठन गरिएकाे छ ।
शुक्रबार गठन भएकाे उत्त कार्य समिति अागामि दिनमा जिल्ला आयुर्वेद सञ्चालन गर्काे लागि जिल्ला स्वास्थय कार्यालय जाजरकाेट लाइ समन्वय गरि अगाडि बढने निर्णय गरेकाे थियाे । साथै जाजरकाेट जिल्लामा स्वास्थ्य सेवा बाट बन्चित भएका लाइ उपचारकाे पहुचमा ल्याउने निर्णय गरिएकाे जिल्ला आयुर्वेद जाजरकाेटका निमिक्त कार्यालय प्रमुख राम किशाेर यादवले जानकारि दिए ।