Loading... आजः आइतवार, कार्तिक १६, २०७७

सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव,यस्ता छन २०७५ सालको सार्वजनिक बिदा र चाडपर्वहरु

जाजरकाेट । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको  छ ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैलाने तयारी गरेको छ ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासो अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

२०७५ सालको सार्वजनिक बिदा र चाडपर्वहरु:
वैशाख १ गते नयाँ वर्षारम्भ
वैशाख ३ गते मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)
जेठ
१५ गते गणतन्त्र दिवस
१७ गते बुद्धजयन्ती
साउन ११ गते गुरुपूर्णिमा
भदौ १० गते जनैपूर्णिमा
११ गते गाईजात्रा
१७ गते कृष्णअष्टमी
१८ गते गौरा पर्व
२४ गते कुशे औँसी
२६ गते दरखाने दिन
२७ गते तीज
२९ गते ऋषि पञ्चमी
असोज २४ गते घटस्थापना
३० गते फूलपाति
३१ गते महाष्टमी
कात्तिक १ गते महानवमी
२ गते विजयादशमी
७ गते कोजाग्रत पूर्णिमा
१९ गते काग तिहार
२० गते कुकुर तिहार
२१ गते लक्ष्मी पूजा
२२ गते गोबर्द्धन पूजा, गाईगोरु पूजा, म्ह पूजा
२३ गते भाईटीका
२७ गते छठ पर्व
मंसिर २० गते बालाचतुर्दशी
माघ ७ गते स्वस्थानी व्रत आरम्भ,
२७ गते वसन्त पञ्चमी (सरस्वती पूजा)
फागुन
२० गते महाशिवरात्री
चैत पहाडमा ६ र तराइमा ७ गते फागु पूर्णिमा
२२ गते घोडेजात्रा
३० गते राम नवमी चैतेदशैं


ताजा समाचार