Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

प्रमुख जिल्ला अधिकारी शाही विरुद्ध चिकित्सक संघ नेपालको विज्ञप्ती

जाजरकाेट ः २५ फागुन । जिल्लाकाे  दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले अपमान गरेको भन्दै सरकारी चिकित्सक संघ नेपालले शुक्रवार एक विज्ञप्ती निकालेको छ । प्रजिअलाई कारवाही गरि चिकित्सकलाई सुरक्षाको ब्यबस्थागरी उचित न्याय दिनु पर्ने माग राखेर सरकारी चिकित्सक संघ नेपालले विज्ञप्ती निकालेको हो ।

दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डा. संजय यादवलाई जाजरकोट प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले यहि फागुण २३ गते भीरवाट लडर मृत्यु भएका बारेकोट गाउँपालिका–८ का ४० बर्षीय गोमे बुढा र सोही गाँउपालिका–२ का ४५ बर्षीय नन्दबीर कामीको लास पोष्टमार्टम गर्नका लागि लास भएकै स्थानमा पुग्नु पर्ने दवाब दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बारेकोट गाउँपालिकाको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यर चिकित्सक परिक्षा विदामा रहेको अबस्थामा भीरवाट लडेर मृत्यु हुनेको लास पोष्टपामार्टम गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामबहादुर विकले डा. यादवलाई लिम्सा जान निर्देशन गरेको प्रजिअ शाहीको भनाई रहेको छ । जनस्वास्थ्य प्रमुख विकको निदेर्शन प्रति डा. यादवले अटेर गरेपछि लास पोष्टमार्टमको लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा डा.यादवलाई जान आफुले निर्देशन गर्नु परेको प्रजिअ शाहीले जानकारी दिए ।

आफु र प्रजिअ शाहीले गरेको निर्देशनलाई डा. यादवले नमाने पछि आफुहरुको अनुरोधमा जाजरकोट अस्पतालमा कार्यरत डा. अमिन शाह लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा पगेर लास पोष्टमार्टम गरेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामबहादुर विकको भनाई रहेको छ ।


ताजा समाचार