Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

रुकुम र सुर्खेत प्रदेश कप क्रिकेटकाे फाइनलमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय टी – २० क्रिकेट प्रतियोगितामा शुक्रबार रुकुम र जुम्ला विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा जाजारकोटलाई १५ रनले हराउँदै रुकुम विजयी भएको हो भने दोश्रो खेलमा दैलेखलाई ४३ रनले हराउँदै जुम्लाले जित आफ्नो पोल्टामा पारेको हो । पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४६ रन बनाएको थियो ।

जसमा रुकुमका युवराज केसीले ३९ र दिनेश पुनले २९ रन बनाउन सफल भए । बलिङतर्फ जाजरकोटका सन्दीप शाहिले ३ विकेट र युनिस सिँहले १ विकेट लिए । जवाफमा १४७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जाजरकोटले निर्धारित २० ओभरमा आफ्नो ७ विकेट गुमाई १३१ रन बनाएको थियो ।

जसमा धैर्यपुर्ण ब्याटिङ गर्दै जाजरकोटका सुमन शाहले २१ रन र केशव अधिकारीले ४१ रन जोड्न सफल भए । बलिङतर्फ रुकुमका विवस गिरी र दिनेश पुनले २र२ विकेट लिए । पहिलो खेलमा रुकुमका दिनेश पुन म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार भएको दोश्रो खेलमा दैलेखलाई ४३ रनले हराउँदै जुम्ला विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जुम्लाले १८ ओभरमा सबै विकेट गुमाई १५० रन बनायो । जसमा सुवर्ण शाहिले ३४ र मनोज भारतीले ३२ रन बनाए ।
बलिङतर्फ दैलेखका नरेन्द्र सिँह र गोपाल विसी ले समान २/२ विकेट लिए ।

जवाफमा १५१ रनको लक्ष्य पछ्याएको दैलखले १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाई १०७ रन बनाउन सफल भयो । जसमा दैलेखका पदम शाहीले १२ र महेश शाहीले ११ रन बनाए । बलिङतर्फ जुम्लाका मनोज भारती र समिर चन्दले समान २/२ विकेट लिए । दोश्रो खेलमा जुम्लाका मनोज भारती म्यान अफ द म्याच घोषित भए ।

शनिबार रुकुम र सुर्खेत विच फाइनल खेल हुने भएको छ । लिग चरणका सवै खेलहरु शुक्रबार नै सकिएको छ । सल्यान र रुकुमको समान ६ अंक भएपनि रनरेटको आधारमा रुकुम फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल शनिबार विहान १० बजे देखि हुने आयोजकले बताएको छ ।


ताजा समाचार