Loading... आजः आइतवार, अशोज ३, २०७८

‘आरक्षणबाट होइन महिलाहरु खुला प्रतिस्पर्धामा आउनुपर्छ’प्रदेश सासंद सिंह

जाजरकोट २५ फागुन ।
प्रदेश ६ का सासंद गशेण प्रसाद सिंहले महिलाहरु आरक्षणको साहरामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् ।
नेपाल सरकारले आरक्षणको कुरा गर्दा प्रतिस्पर्धा नै गर्न सक्दैनन भन्ने बुझिने भन्दै पुरुष सरह खुला प्रतिस्पर्धी बन्दै आफूलाई आत्मा बिश्वासका अगाडि बढन आग्रह गरेका छन । अधिकार चाइयो भन्दै पानि पधेरोमा कुरा गर्दैमा कुनै पनि अधिकार प्राप्त नहुने भएको ले आगामि दिनमा आत्म बिश्वास्का साथ सान्ती जनक आन्दोलनमा उत्रिनुपर्ने बताएका छन ।


सांसद सिंहले भने नेपाल सरकारले बिभेद गरेकोले सिधै आरक्षणको होइन क्षमता देखाएर अघि बढ्नु समेत सुझाव दिएका थिए । १०८ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जाजरकोटको भेरी नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा बोल्दै उनले अब घरमामात्र हसिँया, कुचो कोदालो बोकेर आन्दोलन गर्ने समय नभइ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बेला आएकोले खबदारि गर्नन आग्रह गरेका थिए ।


आन्दोलनमा उठाएका सामग्री मुलुक समृद्ध बनाउनको लागि घरको महिला समृद्धि अुनुपर्नेमा जोड दिएका छन । जाजरकोट एउटा पछाडि पारिएको जिल्लामा अधिकांस महिला हरुले घरेलु हिसां सहदै आएकोले आगामि दिनमा सानति पूर्ण आनदोलनको अभियानमा लगन आग्रह गरे । आगामि आन्दोलन मेहनत अब समृद्धिको लागि गर्नु पर्नेमा उनको जोड छ ।
त्यस्तै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घतीले देशको समृद्ध गर्नको लागि मलिाहरु सक्रिय भएका मुलुकले साहास पाउने बताएका छन ।


नारी दिवसलाइ सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भएको अन्तर्राष्ट्रिय महिला आन्दोलनको रुप ठुलो वन्दै गयोले महिला कमजोर नभएको दाबि गरेका थिए ।
सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्ट्रिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय समेत कार्यक्रममा प्रस्ट पारेका थिए ।


साथै आगामि दिनमा तीन तहकै सरकार वाम गठबन्धनको रहेको समयमा मुलुकको विकास र जनताको समृद्धिका लागि काम गर्न नसकिए जनताको मनबाटै राजनीति बिस्तापित हुने भन्दै सबै कुरामा ध्यान दिदै मुलुकलाई समृद्ध बनाउँने अभियानमा लाग्न आग्रह गरे ।आगामि भेरी नगर सरकार बाट आफुले महिलाहरु लाइ बिशेष एनमा समेटेर अगाडि बढाउने प्रतिबधता ब्यक्त गरेका छन ।

मंगलवार समपन्न भएको कार्यक्रममा जिल्ला अस्पताल जाजरकोटमा भर्ना भएका बिरामि हरुलाइ फलफुल बितरण गरि थाप्ले देखि र्याली सुरु गरि जिल्ला समन्वय समितिको प्रागनमा कोण सभाम परिनत गरिएको थियो । साथै कार्य क्रममा अागामि दिनमा महिला हिसांकाे अन्तयका लागि हस्ताक्षर समेत गरिएकाे थियाे ।

तस्बीर भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती कर्णाली प्रदेश अन्तर्गत जाजरकाेट प्रदेश सभा  क का सांसद गणेश प्रशाद सिंह 

भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीको अध्यक्षताम सञ्चालन गरिएको कार्यक्रममा कर्णली प्रदेश अन्तर्गत जाजरकोट प्रदेश सभा क का सांसद गणेश प्रसाद सिंह प्रमुख अथिति भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीको बिषेश आथितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमका लागि सहयोग पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको सुआहारा पहल सुनदर नेपाल संस्था ग्रामिण समाज बिकास लगाएतका सरकारी तथा गौर सरकारि कार्यालयले सहयोग गरेका थिए ।


कार्यक्रममा जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिभा आचार्य साहयक प्रमुख जिल्ला अधिकारि कृष्ण खत्रिवडा लगाएतको उपस्थीति रहेको थियो । नेपालमा सन् १९७५ देखि अन्तराष्ट्रिय महिला दिवस मनाउदै आईएको छ ।
यसैगरी भेरी नगरपालिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित हुने स्वास्थ्य स्वयंसेविका हिउसरा पुन, उद्यमी सिला नेपाली, महिला खेलाडी पुष्पा बुढा मगर र सासु बुहारी नमुना सासु पार्बती शाह र बुहारी अस्मिता साह रहेका छन् ।


यसैगरी बाल विवाह र महिला हिंसा सम्बन्धी गीत प्रतियोगितामा प्रथम हजारी नेपाली, द्वितिय कल्पना भण्डारी र तृतिय स्थानमा तृप्ती पुन रहेकी छिन् । यसैगरी चम्चा दौडमा प्रथम रेनुका थापाको टिम र डोरी तान्ने खेलमा प्रहरी हवल्दार हरिकला बिस्टको टिम बिजयी भएका छन् ।


ताजा समाचार