Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

विश्वकप छनोट क्रिकेटमा नेपालकाे दाेस्राे हार, स्कटल्याण्ड चार विकेटले विजयी

काठमाण्डाै । नेपालले आइसीसी एक दिवशीय विश्वकप छनोट क्रिकेटको समूह बी को दोस्रो खेल पनि गुमाएको छ ।

स्कटल्याण्डविरुद्धको खेल नेपालले चार विकेटले गुमाएपछि नेपालका लाग अब अगाडिको यात्रा कठिन बनेको छ । स्कटल्याण्डले नेपाललले दिएको एक सय पचास रनको लक्ष्य स्कटल्याण्डले ५१ बल बाँकी हुँदा ६ विकेटमा पूरा गरेर नेपाललाई निराश पार्यो । नेपालले दिएको लक्ष्य पूरा गर्ने क्रममा स्कटल्याण्डका प्रारम्भिक व्याट्सम्यान किले जेम्स कोएट्जरले ६३ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले र वसन्त रेग्मीले समान दुई , दीपेन्द्र सिंह ऐरीले र ललित राजवंशीले समान एक एक विकेट लिएका थिए ।

फाइल फाेटाे

प्रारम्भिक अवस्थामा नै खराब चरण गुजारेको नेपालले अन्तत केही हदसम्म आफुलाई सम्हाल्दै लज्जास्पद अवस्थाबाट भने बचायो । जिम्बाबेमा जारी आईसीसी एक दिवशीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालको सुरुवात खराब रह्यो । यद्धपि कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपालको अवस्थालाई सम्हालेका थिए । जस्लाई पछिल्ला क्रमका व्याट्सम्यानहरुले केही हदसम्म राहत थपे । नेपालले ४७ ओभरमा सवै विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । एक समय नेपालको यो अवस्था पनि असम्भव झै देखिएको थियो । पहिलो पाँच ओभरमा नै पाँच विकेट गुमाउदाको नाजुक अवस्थाबाट नेपाललाई बचाएर कप्तान खड्काले अर्धशतकीय योगदान मात्र पूरा गरेनन् लिस्ट ए खेलमा एक हजार रन नघाउने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

जिम्बाबेको वुलयाओ स्थित क्वीन्स स्पोट्र्स क्लबको मैदानमा जारी खेलमा कप्तान खड्काले ६८ बलमा ८ चौकाको सहयोगमा ५० रन पूरा गरेर नेपाललाई लज्जास्पद अवस्थाबाट वचाउने प्रयास गरेका थिए । कप्तान खड्काले ७५ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाएर बाहिरिएका थिए । निकै खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमा नै एक रन जोड्दा प्रारम्भिक व्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । उनी एक रन बनाएर बोल्ड आउट भएका थिए भने मल्लको बर्हिगमन पछि नेपाल विकेट झर्ने क्रम निरन्तर बनेको थियो नेपालले दोस्रो ओभरमा नै दिलिपनाथलाई गुमाएको थियो भने दीपेन्द्र सिंह ऐरी एक रन , शरद भेषवाकर शून्य र आरिफ शेख दुई रन बनाएर बाहिरिएका छन् । सोमपााल कामीले भने ५४ बलको सामना गरेर दुई चौकाको सहयोगमा १८ रन बनाएर पारसलाई राम्रो साथ दिने प्रयास गरेका थिए । सोमपाल कामी पछि रोहित कुमार पौडेल १५ रनको योगदान गरे ।

यस्तै सन्दीप लामिछाने ६ रन बनाएर वाहिरिदा,वसन्त रेग्मीले २४ रनको उत्कृष्ट योगदान गर्दा ललित राजवंशीले ४ रन बनाए । स्कटल्याण्डका लागि एसजी विटिङघमले नेपालको महत्वपूर्ण तीन विकट लिदा एसएम सरिफले एसी इभान्सले समान २/ २, आरडी वेरिङटनले र टिबी सोलेले समान एक एक विकेट लिएका छन् ।

पारस खड्काको लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा, नेपालकाे खराब शुरुवात


ताजा समाचार