पारस खड्काको लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा, नेपालकाे खराब शुरुवात
काठमाण्डाै । नेपाली टिमका कप्तान पारस खड्का लिस्ट ए मा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । लिस्ट ए मान्यता प्राप्त ३० खेलमा लगभग ३५ रनको औसतमा उनले हजार रन पुरा गरेका हुन् ।
जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगीता अन्तरगत स्कटलेण्ड सँगको खेलमा उनले हजार रन पुरा गरेका हुन् ।
नेपालकाे खराब शुरुवात
स्कटलेण्ड विरुद्धकाे खेलमा नेपालले खराब शुरुवात गरेकाे छ । टस जितेर ब्याटिङ गरेकाे नेपालले ताजा स्तिथिमा ४ विकेट गुमाएर २३ रन मात्र बनाएकाे ५ ।