Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

पार्टी एकताको घोषणा अन्तिम चरणमा चैत २२ गते गर्ने तयारी

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता घोषणाको अन्तिम चरणमा पुगेका छन् । कम्यूनिष्ट पार्टी स्थापनाको दिवस पारेर दुबै दलले एकता घोषणा गर्ने तयारी गरेका छन् ।

फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका नेकपा एमाले र माओवादी केन्द्रले चैत २२ गते पार्टी एकताको घोषणा गर्ने बताइएको छ । सांगठनिक संरचना तथा विधान मस्यौदाको छलफललाई अन्तिम चरणमा पुर्याएका दुई दलले पार्टी एकता घोषणा गर्ने तयारी गरेका हुन् । सरकार विस्तार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आदिले पार्टी एकताको प्रक्रियालाई कुनै असर नगर्ने नेताहरुले बताएका छन् । विधान मस्यौदा कार्यदलले फागुन २५ गतेभित्रै आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने भएको छ । प्रतिवेदन मस्यौदा समितिले पनि आफ्नो कामलाई अन्तिम रुप दिएको छ ।

माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य छन् । त्यस्तै रामबहादुर थापा संयोजक रहेको विधान मस्यौदा कार्यदलमा इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् ।


ताजा समाचार