Loading... आजः मङ्लबार, अशोज ५, २०७८

शसस्त्र प्रहरीकाे रासनमा कमिशन खेल

राजेश आचार्य ,
कोहलपुर । शसस्त्र प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि रासनबाफत पाउने रकम व्यक्तिगत खातामा आउने निर्याणले खुसि ल्यायो । त्यो निर्णय धेरै दिन टिक्न सकेन ।

कारण पहिला रासनको ठेक्का हुँदा कमिसन खान पल्केका शसस्त्र प्रहरीका हाकिमहरुका कारण । यहि माघ १ गतेबाट शसस्त्र प्रहरी प्रधान कार्यालयले मातहातका सबै इकाइहरुमा कार्यरत शसस्त्र  प्रहरी कर्मचारीका लागि व्यक्तिगत खातामा रासन वाफतको रकम जम्मा गर्ने परिपत्र गर्यो । तल्लो तहका शसस्त्र प्रहरी कर्मचारीहरुमा खुसि ल्यायो ।

तर,मातहतका प्रहरी जवान देखि जुनियर अघिकृतहरुको त्यो खुसि धेरै दिन टिकेन । प्रहरी प्रधान कार्यालयले रासन वाफतको रकम व्यक्तिगत खातामा जम्मा गरे पनि शसस्त्र प्रहरीको गण, गुल्म, वि.ओ पि, सिमा सुरक्षा कार्यालय, पि.पि र हेडक्वाटरमा कार्यरत तल्लो तहका प्रहरी कर्मचारीहरुलाई शसस्त्र प्रहरीका उच्च अघिकृतहरुले मानसिक यातना दिँदै सम्वन्धित इकाइहरुको भान्छामै खान दवाद दिने गरेको एक उच्च स्रोतले युगयान दैनिकलाई बतायो ।

बाँके जिल्लामा रहेका शसस्त्र प्रहरी कर्मचारीकालागि सरकारले रासन वाफत रु चार हजार आठ सय चौरासी रुपैया चौरासी पैसा दिदै आएको छ । अहिले प्रहरी कर्मचारीहरुले आफुखुसी खाना खादा शसस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई कमिसन नआउने भएपछि दिनै पिच्छे पिटि र कवाज पछि मनोबैज्ञानीक तनाव दिन थालेको पिडित प्रहरी कर्मचारीहरुले बताउन थालेका छन ।

हरेक दिन विहान पिटि र कवाज को आयोजना गर्दै सम्वन्धित इकाइका उच्च प्रहरी अधिकृतहरुको निर्देशनमा सहभागिहरुलाई अनिवार्य रुपमा भित्रकै भान्छामा खाना खान र यदि नखाएमा पनि रासन वाफतको रमक कोट मास्टरलाई बुझाउन दवाव दिन थालेको एक पिडित शसस्त्र प्रहरी कर्मचारीले नाम नछाप्ने सर्तमा युगयानलाई बताए ।

यस अघि शसस्त्र प्रहरीमा रासनमा अनियमितता भएको भन्दै प्रहरी प्रधान कार्यलयमा अख्तियारले अनुसन्धान थालेको थियो । प्रमाण नष्ट गर्नलाई प्रहरी प्रधान कार्यलयको रासनको कागजात भएको कक्षमा आगलागि गरायर प्रमाणहरु नष्ट गराउने प्रयास समेत भएको थियो ।


ताजा समाचार