Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

म पत्रकारीता छोड्दै छु किन ?

वालकुमार शर्मा,
म पत्रकार विगत एक दशक देखि नेपाली पत्रकारीतामा अलि वढि क्रियाशिल छु । जाजरकोटमा नेपाल पत्रकार महासंघको जिल्ला शाखा स्थापना गर्दाको संस्थापक सदस्य पनि हु ।

म उज्यालो नेटवर्क र स्थानीय स्तरमा , रेडियो हाम्रो पाइला , पाइला न्युज डट कम , मा अलि वढि क्रियाशिल छु । विशेष गरि जिल्ला स्तरमा वढिमात्रामा स्थानीय समाचार समेट्छु स्थानीय संचार माध्याममा तर जति समाचार लेखे पनि जति समाचार सुनाए पनि जाजरकोटमा समाचारको प्रभावले केहि सिन्को पनि भाचिदैन ।

जिल्लाका शरोकारवालाहरु एक कानले सुन्छ ,अर्को कानले उडाउछन् , आखाले हेर्छन मनले आखा वन्द गर्छन । जिल्ला अस्पतालमा औषधि छैन , सामान्य विरामीलाई जिल्ला वाहिर रिफर गर्नु पर्ने अवस्था छ , दयनिय अवस्था भै सक्यो । जन प्रतिनिधिको विकासको कुरा झन तमासा छ सडक हेर्ने हो भने जसले जे गरे पनि हुन्छ भन्ने संस्कारले सस्थागत मान्यता पाउने अवस्था आइ सक्यो ।

जाजरकोटका जन प्रतिनिधिले कहिले ध्यान दिने , सत्य वोल्दा लेख्दा समेत केहि हुन्न भने म पनि अव पत्रकारीतालाई यहि विट मार्ने सोचमा आइ पुगेको छु । के का लागि पत्रकारीता गर्ने मैले किन पत्रकार वढाउने ? हामीले कैयौ पत्रकारीता मार्फत समाजको हितमा काम गर्र्यौ । कैयौ मृत्यु शैयामा छटपटाइ रहेकालाई पत्रकारीताकै कलमले जिवन दान दिएर उद्धार पनि नगरेका हैनौ कैयौलाई अझै गर्नु पर्ने छ ……तर हामीले गरेको पत्रकारीताको श्रीवृद्धिमा खै जन प्रतिनिधिले सोचेको ? हामीले कैयौ नेता , वुद्धिजिवि, समाज सेवी , नागरिक समाजका प्रवुद्ध व्यक्तिलाई सयौ पटक अन्र्तवार्तमा वोलायौ हजारौ पटक सायद जन आवाज पनि लियौ होला । तर खै पत्रकारको पक्षमा वोलेको खै तपाइले गरेका राम्रा कुराको प्रचार प्रशार गरेको ?, जन प्रतिनिधि ज्यू हरु के पत्रकारीता तेसै चल््छ । जिल्लाका संचार गृह लाई वजेट कहा वाट आउछ कसरी चलेका छन्

कहिलै सोच्नु भयो ?
हामीले हुन त गर्न सकेनौ तपाइहरु सवैलाई समय दिन सकेनौ होला तर धेरैलाई सके सम्म दिएकै छौ ।

तर विगत ८ वर्ष अधि शुरु भएको मेरो सक्रिय रेडियो पत्रकारीता जो दिनमा ८ घण्टा निरन्तर म खटिन्छु जसका कारण कैयौ पटक घर नजिकैका छिमेकी आफन्त मर्दा पर्दा उनीहरुलाई सहयोग समेत गर्न भ्याईन , जस्ले गर्दा कतिपयले कुरा नकाटेका पनि हैनन् । सयौ पटक यो आठ वर्षको दौरानमा साथी भाइले यता जाउ उता जाऔ भनेर वोलाएर धर नकिकै वाट नगएका पनि हैनन म आउछु भन्दै जान आग्रह गर्नु पथ्र्यो किनकी म विहान प्राय ८ वजेको समाचार पछि मात्रै फुर्सदमा हुन्थ्य ।

कैयौ पटक आएका मेरो व्यक्तिगत अवशरलाई समेत मैले छोडि दिए म डिउटिमा छु जान्न भनेर । कैयौ पटक जिल्ला वाहिर जादा समेत जहा पुगे पनि म मोवाइल वाट भए पनि समाचार निरन्तरता दिन्थे , कार्यक्रम नियमितिता दिनु मेरो धर्म सम्झन्थे र दिन्थे अझै दिई रहेको छु म यति खटिन्छु की वस मलाई विहान दुइ घण्टा चिया पसलमा समय विताउदै जिल्लाका परिवेश संग अपडेट हुन्छु वेलुका एक दुइ घण्टा फुर्सदमा घुम घाम गछुृ तर कैयन अवशरहरुलाई तिलान्जली दिदै म अनवरत जनतालाई सूचना दिन निरन्तर लागि रहेको छु ।

काम गर्नेहरुलाई आफुले गरेको काम देखाउने पिलेट फर्म समेत वनाइदिएको छु तर जति मिहेनत गरे पनि कसैले वुझ्दैन कसैले प्रेरणा दिदैन अन्तत  यस वाट म आज भोलि आफै थकित भएको छु ।  के का लागि हामी मरि मरि तपाइहरुलाई ठुलो वनाउने ? सहयोग दोहोरो हुनु पर्छ एकोहोरोमा हामी केहि गर्न सक्दैनौ, अझ भनौ जिल्लाका संचार गृहहरु कमजोर वन्दै गएका छन्।् त्यसैले त हिजो आज तपाइहरुले संचालन गर्ने कार्यक्रममा समेत हामीलाई वोलाउन विर्षनु भयो ।

हिजो आज हामी कमजोर छौ हामी वोल्ने मात्र तपाइहरु सुन्ने देख्ने तर नसुने जस्तो न देखे जस्तो गर्ने वानि परि सक्नु भयो किन कि तपाइहरु जनताले भोट दिएर जिताएका महान जन प्रतिनिधि वन्नु भो ? तपाइ हरु लोक सेवा पढेर आएका महान पढन्ते वन्नु भो त्यसैले हिजो आज आफु निकटका लाई मात्र वोलाउनु हुन्छ । पत्रकारीतामा वर्षऔ विताएकालाई पर राख्नु हुन्छ , भर्खर वामे सर्ने तपाइलाई १२ चोटि ढोक गर्ने हरुलाई पत्रकारीताको काम परेको वेला सम्झनु हुन्छ अनि कसरी जाजरकोटको पत्रकारीता अगाडि वढ्छ ।

हुन त अव तपाइ हरुका साला साली , भाइ वहिनी , छिमेकि पनि पत्रकार भैसके होलान । किनकी आफ्नो भन्ने चलन छ नि त आज भोलि त्यसैले पत्रकारीतामा हिजो आज निराशा र सन्नाटा छाएको छ । जाजरकोटका स्थानीय रेडियोले समाचार दिन पनि छोडे , म पनि वाक्क लागेर म कार्यरत संचार गृहमा पनि समाचार लेख्न र भन्न छाडेको छु । आखिर के का लागि भन्ने के का लागि लेख्ने ? तपाइहरु मजाले जे मन लाग्यो गर्न मिल््ने , तपाइहरुको आफ्नै परिभाषा हुन्छ तपाइहरुको आफ्नै नियम कानून हुन्छ हामी किन कराउने किन की केहि हुने वाला छैन भने कसैले सुनेर केहि गर्देन भने के पत्रकारीताको प्रभाव केहि छैन भने । पत्रकारले लेखेको समाचारमा , सुनाएको समाचारमा जति दम भए पनि सवै मिलेर त्यहि वाट मोज गर्ने हरु वढे भने कसरी पत्रकारीता गर्ने ।

यहा शक्तिमा वस्नेले जे गरे पनि हुन्छ भन्ने छ । जाजरकोटमा पढेलेखेका मान्छे सवै जिल्ला छाडेर वाहिर गैसके किन गएका रहेछन भनेको यहि भएर हुनु पर्छ वुझ्ने हरु यहा वसेर झन कम्जोर वन्दै जाने अवस्था हुदो रहेछ आज अनुभव गरिरहेको छु मैले पनि । न कुनै पत्रकारीताको विकास गर्यो पत्रकार ठिक छ भने र पुरस्कार दिने चलन छ । छ त केवल , आफ्नो निकटको भनेर दिने कामको कदर गर्ने सस्कार पनि छैन । गर्नेलाई हौशला दिने चलन पनि छैन , सहयोग त परै जाओस विजोग वन्दै छ पत्रकारीता जाजरकोटमा । केहि साथीहरु दोयत पेशामा हुनु हुन्छ र धन्न चलेको छ पत्रकारीता तर हामी विशुद्ध पत्रकारीता गर्नेहरुलाई बडो गाह्रो छ यँहा ।

न गरेको काममा सन्तुष्टी लिने वातावरण छ न अरु यसरी पत्रकारीताको विकास होला त ? अझ भनौ भोलि स्थानीय तहमा खुल्ने संचार गृह चल्न सक्लान त ? अहिले यति दरिद्र सोच भएका महामानव ठहरिने जिल्लामा छौ हामी कसरी हामी विकास , समृद्धि , सु शासन लिएर अगाडि वढौला वडो गम्भीर कुरा छ ।

लेखेर केहि हुने वाला छैन सुनाएर झन हुने केहि छैन पत्रकारीताको नँया आयाम वाट अगाढि वढ्नुको विकल्प केहि छैन पत्रकारीताको विकासका लागि सोच्ने भए अझै पनि यो साल भर जिल्लाका शरोकारवालाहरुको ध्यान पुगोस नत्र म चै जाजरकोटको पत्रकारीतावाट नया वर्ष देखि सन्यास लिने घोषणा सहित व्यक्तिगत जिन्दगीमा फर्किने योजना वनाएको छु ।

म कार्यरत संचार गृह चलाउने सोचमा कोहि हुनु हुन्छ भने स्थानीय सरकारलाई हस्तान्तरण समेत गरेर यो पत्रकारीता भन्ने व्यवहारको प समेत न आउने गरि विदाइ समारोह गर्ने सोचमा छु ।

आखिर के का लागि पत्रकारीता ? एउटा मेरो प्रश्न सहनै नसक्ने अवस्था आउदा समेत कसैले केहि गर्देन भने पत्रकारीता गरेर के गर्ने ? त्यो नाटकमा म सहभागी हुन चाहन्न । दिउसो कार्यलय समयमा कोहि कर्मचारी जाड खाएर जे पायो त्यो वोल्छ , त्यहि खवर वनाएर प्रशारण गर्दा कार्यालयको प्रमुखले केहि गर्देन , अन्य निकायले केहि गर्दैन भने के समाचारको महत्व भयो ? फलानो योजनामा कामै नगरी भुक्तानी नभएको समाचार आउदा केहि हुन्न् , जिल्ला अस्पतालमा सिटामोल छैन कति समाचार लेख्ने , डाक्टर छैनन कहिले आउने हुन ् वैरागौ मर्नु छ भन्दा फरक नपर्ला । त्यसैले केहि दिन अघिदेखि मैले म कार्यरत संचार गृहमा समाचार समेत रोक लगाएको थिए । तर नागरिकको सूचना पाउने हकलाई कुन्ठित भएको गुणसोले गर्दा केहि समयलाई समाचार निरन्तरता दिने छु ।

सवैलाई चेतना भया । जाजरकोटको पत्रकारीतावाट म पलाएन हुन चाहन्छु तपाइको केहि भन्नु छ भने कमेन्टमा लेख्नु होला म के गरौ ? यहि भनिरहेको थिए वस् सपना वाट झल्यास्स विउझिए अव के गर्ने मनमा सोचिरहेको छु । यति खेर मेरो फेस वुक स्टाटसमा सयौको सख्यामा कमेन्ट आइरहेका थिए । अझै आइ रहेका छन् मलाई यो सपना अनि शुभ चिन्तकका उर्जाशिल कमेन्टले पत्रकारीतालाई अझै माथि उठाउने नया प्रयोगको शुरुवात गर्ने मन लागेको छ । निराश नहुनु होला तपाइहरुको माया र साथलेनै म अझै अगाडि वढ्न थाहन्छु । जाजरकोटको पत्रकारीता अगाडि वढ्न चाहन्छ । हामीले एक्लै गरे केहि हुदैन सवै मिलेर सकार्यको हात अगाडि वढाउदै जान जरुरी छ ।
सवैलाई चेतना भया !!


ताजा समाचार