Loading... आजः बुधबार, कार्तिक ५, २०७७

भुगोलको आधारमा बजेट बिनियोजन गर्नुपर्छ : मन्त्री केसी


रुकुम । कर्णाली प्रदेशका भुमी ब्यवस्था,कृर्षी तथा सहकारी मन्त्री विमला केसीले केन्दिय सरकारले आगामी बजेट बिनियोजन गर्दा कर्णाली प्रदेशलाई भुगोलको आधारमा वजेटको विनियोजन गर्नु पर्ने वताउनु भएकोछ ।

रुकुम पश्चिमको सानोभेरीमा गाँउपालीकाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री केसीले उक्त कुरा वताउनुभएको हो । मन्त्री केसीले कर्णाली प्रदेशलाई जनसख्या आधारमा नभई भुगोलकै आधारमा बजेटको बिनियोजन गर्नु पर्ने धारणा राख्नुभयो ।

नेपालको कान्छो प्रदेशको रुपमा रहेको कर्णाली प्रदेशलाई जनसख्या आधारमा बजेट बिनियोजन गर्दा अन्याय हुने भन्दै केन्द्रिय सरकारले यसो गरे कर्णाली प्रदेशलाई सबृद्ध प्रदेश वनाउन चुनौति खडा हुने उहाँले बताउनुभयो ।

सरकारले परम्परागत नितिलाई अन्त गरि कर्णाली प्रदेशलाई प्रदेशको आबश्कता र भुगोलको आधारमा केन्दिय सरकारले बजेट बिनियोजन गर्नु पर्छ उहाँले भन्नु भयो । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा धेरै गरिबी भएकोले पनि यसलाई घटाउन र यहाँका जनताको जीवन स्तर माथी उकास्न भुगोलको आधारमा वजेट वढी पाउनुपर्ने उहाँको भनाई थियो । यहाँको गरिवी घटाउन अरु प्रदेश भन्दा वढि र फरक वजेटको आवश्यकता भएको उहाँले वताउनुभयो ।


ताजा समाचार