Loading... आजः शनिबार, कार्तिक ८, २०७७

कर्णाली प्रदेशमा नयाँ सहकारी निति आवश्यक : मन्त्री केसी


सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले नयाँ सहकारी नितिको आवश्यकता भएको वताउनु भएकोछ ।

आज रुकुमको सानोभेरी गाँउपालीकामा रहेका सहकारी संस्थाहरुको अनुगमन गर्ने क्रममा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीले यस्तो वताउनुभएको हो ।

सहकारीको माध्यमवाट युवालाई रोजगारी दिन कर्णाली प्रदेशमा नयाँ सहकारी निति आवश्यक रहेकोले यसको तयारीमा प्रदेश सरकार लागी परेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले नयाँ सहकारी निति बनाउँनका लागी तयारी गरिरहेको छ, नयाँ निति बनेपछि पहुचको आधारमा आफनो सहकारीलाई कार्यक्रम पार्ने सिस्टमको अन्त्य हुन्छ” मन्त्री केसीले भन्नुभयो ।

अब यो कर्णाली प्रदेशमा सहकारीहरुले पहुँचका आधारमा नभई योग्यता क्षमता र कामको मूल्याङ्कनका आधारमा योजना तथा कार्यक्रम पाउने उहाँले वताउनुभयो । सहकारीले राज्यवाट ल्याएको रकमलाई सहि तरिकाले सदुपयोग गरे गाँउमै युवाले रोजगारी पाउने उहाँको भनाई छ । समाजबादमा जाने प्रमुख आधार सहकारी निति भएकोले सरकारले प्रथामिक्ताका साथ कर्णाली प्रदेशको सहकारी निति निर्माण गने बताउनुभयो । अहिलेका सहकारीहरु बितिय मुखि भएकोले उत्पादनमुखी वनाउन उत्पादनसँग जोडेर सहकारीको बिकास गर्नु पर्ने उहाँको धारणा थियो ।

तरकारी ढुवानीका लागी गाडीको माग
रुकुम पश्चिमका सहकारी संस्थाहरुले कर्णाली प्रदेशका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसँग तरकारी ढुवानीका लागी गाडिको ब्यबस्था गरि दिन माग गरेका छन ।

रुकुम पश्मि सानो भेरी गाउँपालिका गरायला कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेका तरकारीहरुले बजार नपाएको भन्दै बजारीकरणको ब्यवस्था गरिदिन कृषि मन्त्री केसीसँग माग गरेका हुन । सानोभेरी गाँउपालीका ३ गरायलामा आज भएको कार्यक्रममा सानो भेरी जनप्रवाह कृषि सहकारी संस्थाका सदस्यहरुले तरकारीको वजारीकरणको लागी मन्त्री केसीसँग माग गरेका हुन ।

बारीमा उत्पादित ताजा तरकारीलाई सहज रुपमा बजार पुरयाउने यातायातको समस्या भएकोले गाडीको ब्यवस्था गरिदिन आग्रह गरेको सहकारी संस्थाका अध्यक्ष जगदिश नकालले बताउनुभयो । “मन्त्री ज्यु वारीमा तरकारी छ, तर ढुवानी अभावमा बारीमै कुहिएर जान्छ ,बोकेर वजारमा लिन समय लाग्छ, हामीले उत्पादन गरेको तरकारी समयमै बजारमा पुरेयाउन सकेका छैनौ, तरकारी ढुवानी गर्ने साधन नहुदा निकै समस्या छ, हामीलाई तरकारी वोक्ने गाडीको कतैवाट ब्यवस्था गरिदिनु परयो ” उहाँले भन्नुभयो । ढुवानी अभावमा बारीको बजारमा तरकारी पुरयाउन नपाउँदा कृषकहरुलाई निकै समस्या हुने गरेको संस्थाका अध्यक्ष नकालले बताउनुभयो । संस्थाको बार्षिक कारोबार एक करोड पच्चिस लाख रहेको अध्यक्ष नकालले जानकारी दिनुभयो ।

सानोभेरी गाँउपालीका भरी कार्यक्षेत्र भएको सहकारी संस्थामा ३५ वटा समुह आवद्ध रहेका छन भने छ सय तीन जना सेयर सदस्य रहेका छन । कर्णाली प्रदेश सरकार अर्गानिक प्रदेश निर्माणको आधार तयार गर्न लागेकोले यो अभियानमा सहयोग गर्न किसानहरुलाई मन्त्री केसीले आग्रह गर्नुभयो । सरकारले कृषि लगायत यो प्रदेशको समग्र क्षेत्रको समस्या निति वनाएर समधान गर्ने भन्दै उहाँले योजना निर्माणका लागि स्थानीय सरकारमार्फत किसानहरुलाई सुझाव दिन अनुरोध गर्नुभयो । किसानका समस्याहरु प्रदेश सरकार वाट हुने काम प्रदेश र केन्द्रिय सरकारवाट हुने केन्द्रिय सरकार संग आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।


ताजा समाचार