Loading... आजः आइतवार, अशोज ३, २०७८

३ महिनादेखि अाैषाधीकाे अभाव जाजरकोट अस्पतालमा

बद्री पन्त
जाजरकोट २२, फागुन ।  जाजरकोट अस्पतालमा विगत ३ महिनादेखि औषधी अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा यहाँका विरामी स्वाथ्य सेवा पाउनबाट बन्चित भएका छन् ।

अस्पतालमा सिटामोल समेत पाउदैन । औषधी अभाव भएपछि स्वास्थ्यकर्मीले चेकजाँच गरेका विरामीलाई औषधी सकिएको छ भन्दै टार्ने गरेका छन् । अस्पतालमा स्वास्थ उपचारका लागि गएका विरामीहरु निजी मेडिकलमा महङ्गो औषधी किन्न वाध्य छन् । जाजरकोट अस्पतालमा नितीगत समस्याका कारण निशुल्क औषधी अभाव भएको मेडिकल अधिकृत भुपेन्द्र प्रकाश मल्लले जानकारी दिनु भयो । यस अघि जिल्ला जन स्वास्थ्यबाट निशुल्क अस्पताललाई औषधी दिदै आएको थियो । अस्पताल र जन स्वास्थ्य अलग अलग भएपछि अहिले जन स्वास्थ्यले अस्पताललाई औषधी दिन रोकेको मल्ललेको भनाइ छ ।

अस्पतालमा सिटिामोल, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामीन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सीटोसन, जेन्टामाईस, फुस्रामाईट, सिप्रो लगाएतका अतिआवश्यक औषधीको अभाव भएको छ । अस्पतान विरामीको संख्या बढ्दो छ । अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएल समेतको अभाव भएको छ । औषधी खरीदका लागि बजेट नहुFदा अभाव भएको हो । भेरी नगरपालिकाले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा औषधी खरीदका लागि बजेट नछुट्याउदा समस्या भएको हो ।

अस्पतालमा ज्वरोको उपचारका लागि आउदा पनि सिटामोल औषधी समेत नपाएको विरामीले बताएका छन् । स्वास्थ्य मन्त्रालयको ५० शैय्याको जाजरकोट अस्पतालमा २५ शैय्याको सेवा संचालन गर्ने निर्देशन अनुसार उक्त अस्पताल भेरी नगरपालिका मातहतमा रहने ब्यबस्था छ । नगरपालिकाले औषधी खरीद सम्बन्धि बजेट छुट्याउनेमा चासो नदेखाएको हो । अस्पतालले सन्चालन गरेको फार्मेसीमा समेत औषधी अभाव रहेको छ । अस्पतालमा औषधी र उपकरण अभावका साथै अस्पतलामा विशेषज्ञ चिकित्सक लगाएत नआउदा विरामी उपचारबाट बन्चित हुने गरेका छन् । एक महिना यता अस्पतालमा ३ जना मेडिकल अधिकृत मात्र कार्यरत रहेका छन् । ६ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा ३ जना डाक्टरलाई सेवा प्रवाह गर्न धौ धौ भएको छ ।

जाजरकोट अस्पतालका लागि ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायक स्तरका स्वास्थ्यकर्मीको दरबन्दि सृजना भएको थियो । तर विशेषज्ञ चिकित्सक भने अहिलेसम्म आउन सकेका छैनन् । अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिष्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसिया समेत ९ विशेषज्ञ चिकित्सक सहित २९ स्वास्थ्यकर्मीको दरबन्दि रिक्त रहेकोछ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक लगाएत स्वास्थ्यकर्मी र आधारभुत पुर्वाधार नहुँदा यहाँका विरामी उपचारबाट बन्चित हुनु परेको छ । जसका कारण सामान्य रोगका विरामीलाई पनि उपचारका लागि जिल्ला बाहिर जानु पर्ने वाध्यता छ । अस्पतालबाट पाउनु पर्ने ७० प्रकारका औषधी नै पाउदैन ।  औषधी, उपकरण र दक्ष चिकित्सक पुर्ति, पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाई तथा प्रयोगशालाको ब्यबस्था, ब्लड बैकको ब्यबस्था अभाव रहेको छ ।
४ महिना देखि अस्पातलकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा‍‍‍ चाँदनी जैयसवाल काजमा काठमाडौमा बसेकी छन । प्रमुख नहुदा अस्पताल थप अस्तव्यस्त बनेको हो । यतिबेला अस्पताल लथालिङ्ग अवस्थामा छ । कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई छैन । जाजरकोटका जनताको स्वास्थ्य प्रति स्वास्थ्य मन्त्रालय गम्भीर नभएको पाइएको छ ।


ताजा समाचार