Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकोटमा जवाफदेहिता सम्बन्धी कार्यक्रम सम्पन्न

जाजरकोट, २२ फागुन ।  जाजरकोटको सदरमुकाम खलंगामा सामुदायिक सामाजिक जवाफदेहीता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । दुई दिनसम्म चलेको कार्यक्रममा स्थानीय तहको काम प्रभावकारी, पारदर्शीता, गुणस्तरीयता कायम गर्नको लागि मितव्ययी बनाई आम नागरिकलाई सुशासनको अनुभुति गराउनको लागि आयोजना गरिएको सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक धन बहादुर रावतले बताए ।

जाजरकोटका स्थानीय तहमा शासन व्यवस्थापनमा नागरिक सहभागिता कमी देखिएकोले आगामी दिनमा बृद्धि बताए । स्थानीय तहबाट सहज सुलभ, गुणस्तरीय सेवा प्रवाहको लागी नागरिक अनुगमन प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको थियो । युएसएआईडि को आर्थिक सहयोगमा र सुन्दर नेपालको आयोजनामा सञ्चालन भएको थियो ।

कार्यक्रममा सामुदायिक अकपत्र सामुदायिक प्रतिबेदन—पत्र सामाजिक परिक्षण आदि बिषयमा छलफल गरिएको थियो । भने कार्यक्रमको प्रशिक्षक सुन्दर नेपाल संस्थाका संयोजक खिम रेग्मीले गरेका थिए ।

कार्यक्रममा सुन्दर नेपाल संस्थाका संयोजक खिम रेग्मी जिल्ला अधिकृत धन ब. रावत, सामुदायिक सञ्चारकर्मी सपना ओली स्थानीय सभाका संयोजक भेरी नगरपालिका  ७, ८, ९, १२ र १३ का बरिष्ठ वडा सदस्यहरू , बिषयगत कार्यालय कृषि पशु , स्वास्थ्य र वडासचिव र स्थानिय सभाका प्रतिनिधिको सहभागिता थियो  कार्यक्रम आइतबार सुरु भई सोमवार सम्पन्न भएको सामुदायिक सञ्चारकर्मी सपना ओलीले खबर पठाएकि छन।


ताजा समाचार