Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

भौतिक संरचना नहुँदा भुइमा बसेर पढ्न बाध्य

रेशम बहादुर खडका

जाजरकोट, २२ फागुन ।  जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ काल्सैनामा स्थिते दिपेन्द्र प्राथमिक बिद्यालयमा भौतिक पूर्वाधारको अभावले गर्दा भुइमा बसेर पढ्न बाध्य भएका छन् । सम्बन्धीत निकायले हालसम्म कुनै भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिएकोले हाल विद्यार्थीहरु भुइमा बसालेर पठन पाठन गर्नन बाध्यता रहेकोे ब्यबस्थापन समितिका अध्यक्ष कर्ण बहादुर बुढाले बताए ।

पहिले निर्माण भएका संरचनाहरु जिण भएपछि हाल खालि माटोमा बसेर पढन बाधय भएको अध्यक्ष बुढाले बताए । बिद्यालयको मर्मत सम्भारमा सम्बन्धित निकायले चासो नदेखाएको कारणले बालबालिकाहरु जिर्ण बनेको भवनमा बस्न बाध्य भएका छन् । नत राम्रो बिद्यालयको बोड छ नत बिद्यालयमा शौचालय कुनै निकायले पनि हालसम्म ध्यान नदिएको समेत अध्यक्ष बुढाले गुनासो गरेका छन् । बिद्यालय जिर्ण अवस्था रहेको बिद्यालय मर्मत संभार नहुँदा बिद्यार्थीलाई पठन पाठन गर्न समस्या भएको शिक्षक खेम बहादुर खड्काले बताए ।

कक्षा १ देखि ५ सम्म ४५ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा अहिलेसम्म पनि जिर्ण रहेको भवनमा पढाउँदै आएका छन् । जसले गर्दा विद्यार्थीहरु विद्यालय भित्र खालि धुलोमा बसेर पढ्न बाध्य छन् । बिद्यालयमा अध्ययनरत एक छात्राले भने ल्याउ भने घरबाट कति बोरा बोकेर आउने बिद्यालयका सरहरुलाई पढाउनलाई नत बोडहरु छन् नत हामीलाई बस्नको लागि ब्यन्च छन् घरबाट बिद्यालय जाँदा कापी, किताबको साथमा आफू बस्ने बोरा बोकेर जाने बाध्यता रहेको बताए ।


धुलोको कारणले बिद्यार्थीहरु बिरामी हुने गरेको पातलो कपडा ड्रेस लगाएर बिद्यालय जाने घर फर्किदा धुलो खेली बिरामी भएर आउने गरेका स्थानीयबासी जनक बुढाले बताए । प्रधानाध्यापक लोक बहादुर बुढाका अनुसार विद्यालय निर्माण गरिएको स्थान हाल बिद्यालयको नाममा नभएकोले उक्त स्थानका बिद्यालयको कुनै पनि भौतिक पूर्वाधार निर्माण नभएको बताए । कक्षा—५ सम्म सम्बनधन पाएको उक्त बिद्यालयका निजि स्रोतबाट करिब ३ बर्षदेखि कुनै सुबिधा नलिई अमृता बुढाले पढाउँदै आएकि छन् । हाल बिद्यालयमा शिक्षक दरबन्दी एक जना मात्र रहेकोले थप पठन पाठनमा समस्या देखिएको प्रअ बुढाले बताए । भौतिक संरचना अभाबकै कारण चर्को घाम लाग्दा, पानी पर्दा र शीतलहर चलेको समयमा विद्यालय थप समस्या हुने गरेको छ ।


यता छेडागाड नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गणेश प्रसाद जैसीले प्रावि बिद्यालयको कुनै पनि माग नआएको ले आगामी दिनमा कक्षा कोठा ब्यबस्थापनको लागि वडाबाट ५० हजारको कार्पेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

हालसम्म बिद्यालयको नाममा जग्गा नभएकोले आर्थिक बर्ष २०७४/०७५ को बिद्यालय ब्यबस्थापनमा बिनियोजित बजेटबाट बिद्यालयको जग्गा खरिद गरिएको अध्यक्ष जैसीले बताए । अहिले बिद्यालयदेखि १ सय मिटर टाढा फिल्ड खारिएको आउँदो बर्षमा बिद्यालय भवन निर्माण गरिने बताए । अहिलेको वडाको बजेटले कार्पेट उपलब्ध गराउने बताए ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले यो समस्याको बारेमा स्थानीयबासिले माग नगरेको ले हालसम्म समस्या समाधान नभएको बताएका छन् । साथै आगामी नगर कार्यपालिकामार्फत पहल गर्न अनुरोध गरिएको हाल जिल्ला शिक्षा कार्यालय बाट कुनै नया कार्यक्रम नभएकाे अधिकारी सिंहले बताए ।


ताजा समाचार