Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

जाजरकाेट अदालत द्धवारा सासुको हत्या गर्ने बुहारीलाई सर्वोश्व सहित जन्मकैदको फैसला

जाजरकोट, २१ फागुन   । आफ्नै सासुको हत्या गर्ने बुहारीलाई जिल्ला अदालत जाजरकोटले सर्वोश्व सहित जन्मकैदको फैसला गरेको छ । भेरीनगरपालिका–१ रिम्नाकी भवानी रानालाई सासुको हत्या अभियोगमा अदालतले सर्वोश्व सहित जन्मकैदको सजाय गरेको हो । घट्ट बेचेको ६ हजार रुपैया आफुलाई नदिएको भन्दै भेरी नगरपालिका–१ की ५६ बर्षिया पुनिकला रानालाई २७ वर्षिया बुहारी भवानीले गत कार्तिक २४ गते हत्या गरेकी थिईन । जिल्ला न्यायधिस देवकुमार गिरीको ईजलासले विहिवार उक्त फैसला सुनाएको हो ।

घर नजिकै रहेकोे घट्ट वेचेको ६ हजार रुपैया आफुलाई नदिएर आफैले राखेको भन्दै भवानीले सासु पुनिकलालाई वोतलले हिर्काएर हत्या गरेको प्रमाण सहित अदालतमा कर्तब्य ज्यान सम्बन्धि मुद्धा दर्ता गराएको थियो । ‘श्रीमान घरमा हुनुहुदैनथ्यो । सासु बुहारी मात्र थियौ । दुवैले घरमै बनाएको जाँड खायौ । त्यसपछि खान खाएर अगेनो नजिकै कुरा गदै बसेका थियौ । मैले घट्ट बेचेको पैसा कता गयो । मलाई पनि अलिकति चाहिएको थियो भनेर भने तर, सासुआमाले तँलाई किन चाहियो । यो पैसा म कसैलाई दिन्नँ भनेर हर्कानु भयो । त्यही विषयमा केही बेर विवाद भयो । मैले सहनै नसकेर रिसको झोकमा नजिकै रहेको वियरको बोतलले हिर्काएछु’ भवानीले प्रहरीसँग गरेको बकपत्रमा उल्लेख छ । बुहारीले बोतलले हिर्काउदा सासु पुनिकलाको टाउको र कन्चटमा लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ‘उनले आफैले हत्या गरेको यसरी स्वीकार गरेकी छन्’ जिल्ला प्रहरी प्रमुख भावेश रिमालले भने ‘भवानीले आफुले सासुको हत्या नै गर्ने उद्देश्य नभएर रिसको झोकमा गरिएको भुल भएको बताएकी छन् ।’

प्रहरी समक्ष उनले हत्या गरेको स्वीकार गदै सावित बयान दिएपछि प्रहरीले कर्तब्य ज्यान सम्बन्धी हदै सम्मको सजायको माग दावी गर्दै ंगत मंसिरमा जिल्ला अदालतमा मुद्धा दर्ता गराएको छ । मुद्धा दर्ता पछि उनलाई जिल्ला अदालतले पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश दिएको थियो । हत्या अभियोग लागेकी भवानीको एक बर्षको छोरा पनि साथमै छ ।


ताजा समाचार