Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

जिल्ला शिक्षा अधिकारीका रुपमा दुई वर्षको समिक्षा

लेखक – ललित विक्रम सिंह

यस जाजरकोट जिल्लाको जिल्ला शिक्षा अधिकारीको रुपमा पदस्थापना भइ काम गर्न थालेको यहि फाल्गुण ६ गते दुई वर्ष पुग्यो । निजामती सेवा ऐन नियमले सामान्यतः जिल्ला शिक्षा अधिकारीले कुनै एक जिल्ला विशेषमा दुई वर्षको अवधि काम गर्न पाउने नीतिगत व्यवस्था छ । यस हिसावले हेर्दा पनि एउटा पूरा कार्यकाल जिल्ला शिक्षा अधिकारीको रुपमा आफ्नै जन्मभूमीको जिल्लामा काम गर्ने अवसर पाइयो । निसन्देह पेशागत रुपमा र व्यक्तिगत रुपमा मेरो लागि यो अवसर, खुशी र सन्तुष्टिको विषय हुने नै भयो । यसरी आफ्नै जन्मभूमीलाई कर्मभूमीको रुपमा आत्मसात गरेर जनता र राष्ट्रको सेवकको रुपमा आफूलाई उभ्याउन पाउनु अवश्यनै गौरवको विषय थियो । मात्र तद्अनुरुप जिल्लावासीले आशा अपेक्षा गरे अनुरुप कार्य सम्पादन गर्न सके कि सकिन ? व्यवहारतः जनता र राष्ट्रको सेवकका रुपमा आफूलाई प्रस्तुत गर्न सके कि सकिन ?

विकट र पछि परेको आफ्नो प्यारो जिल्लाका कुना कन्दरामा वसेर गरिवी, अशिक्षा,रोग,भोक र अनेकन प्रकारका शोकमा आल्हादित ति अवोध वालवकालिकाको शिक्षा प्राप्तीको खातिर कुनै नयाँ अवसर सिर्जना गर्न सके कि सकिन ? सेवा प्रवाहको क्रममा आदारणीय र आत्मीय जिल्लावासीहरुप्रति जवाफदेही भएर सेवा प्रवाहको प्रवन्ध मिलाउन सके कि सकिन ? यि यावत विषयहरु जिल्ला शिक्षा अधिकारीका रुपमा एउटा समायावधी गुजारी सकेको सन्र्दभमा अवश्यनै समिक्षा गर्न लायक विषय थिए र हुन पनि । हुनतः आदारणीय जिल्लावासी सवैलाई यो अवधीमा मैले सम्पादन गरेका काम, गतिविधि, क्रियाकलाप,शैक्षिक अभ्यास, समन्वय, सहकार्य, साझेदारीको फेहरिस्त यस भन्दा अघि पनि मैले यस्तै लेखनी मार्फत, विभिन्न छलफल अन्तरक्रिया मार्फत र सामाजिक सञ्जालको प्रयोग मार्फत अवगत गराइ सकेको पनि छु । यि विषयहरु नजिकवाट जिल्लावासी विद्यार्थी, शिक्षक, अभिभावक, पत्रकार लगायत सम्वद्ध प्रायले अध्ययन, अवलोकन र महशुस पनि गरिरहनु भएको जस्तो लाग्छ । हो, यिनै विषयको सेरोफेरोमा मैले यस लेख मार्फत आफ्नो कार्यकालको समिक्षा गर्ने प्रयत्न गरेको छु ।
जिल्ला शिक्षा अधिकारीको रुपमा पदस्थापित भइ २०७२ फाल्गुण ६ गते जिल्लामा हाजिर हुँदा जिल्लाको कमजोर शैक्षिक अवस्था, विद्यालयहरुमा नियमित र गुणस्तरीय पठनपाठन हुन मुस्किल परिरहेको स्थिति, विद्यालयमा शिक्षक उपस्थितिमा देखिएका अनियमितता, शिक्षकहरुका पेशागत समस्या, अभिभावकहरुको सामुदायिक विद्यालयप्रतिको घट्दो चासो,शैक्षिक कार्यक्रमहरुको कार्यान्वयनमा देखिएको अप्रभावकारिता लगायतका विषयले उच्च इच्छा शक्तिका साथ जिल्लाका दशौ हजार विद्यार्थीको भविश्य निर्माणको अवसर सिर्जना गर्ने अभियानमा लागि पर्न प्रतिवद्ध वनाएको थियो ।

म एकजना पात्रले एउटा निर्दिष्ट योजनाको नेतृत्व गर्दै अघि वढ्ने आँट गर्दा हजारौ हजार वालवालिकाले अँध्यारोवाट उज्यालो पाउने,निराशावाट आशा पाउने,दुःखजिलो विगतवाट मुक्ति पाउँदै सुन्दर सुदुर भविश्यको विचरण गर्न पाउँछन् भने म एकजनाले अलिकति दुःख गर्नु, अलिकति वढि संघर्ष अँगाल्नु, मेरो व्यक्तिगत र परिवारिक जिवनलाई अलिकति कठिन वनाउनु मेरा लागि कुनै कठिन विषय थिएन,हुने कुरा पनि भएन ।
अर्काेतिर म आफै सहि सलाममत योजनाका साथ, सवै किसिमका लोभ पापवाट उन्मुक्त भएर, एउटा साझा गन्तव्यतर्फको यात्रामा सवैसँग उत्तिकै समन्वय र सहकार्य गर्दै पवित्र भावनाका साथ जिल्लाको शैक्षिक सुधार र विकासको अभियानको नेतृत्व गर्न अघि वढ्दा कस्ले पो मलाई सहयोग नगर्ला ? को मेरो सहकार्य र साझेदारीमा आउन अकमकाउँला ? मैले कसरी सवैकोसाथ सहयोग नपाउँला ? कसैले किन मुखमा राम राम वगलीमा छुरा गर्ला ? भन्ने तर्फ रातिभर शंका आशंका नगरी पूर्ण आशा,भरोसा, विश्वासका साथ जिल्लाको शैक्षिक सुधार र विकासको नेतृत्व लिने प्रण गर्दै आफ्नो जिम्मेवारीलाई अत्यन्त संवेदनसिल, ओजपूर्ण र महत्व दिदै मातृभूमीको माटोको सपथ खादै आफ्नो पदीय जिम्मेवारी शुरु गरेको थिए ।

जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरिरहदा मैले सदैव आफ्नो पालाको पठनपाठनको अवस्था हेक्का राखि रहे । किनकि म यहि जिल्लाको ग्रामिण परिवेशको स्कूलमा अत्यन्त दुःख गरेर पढेको,स्कूलमा विषयगत र कक्षागत शिक्षक दरवन्दी नहुँदा सामाजिक विषयका शिक्षकवाट अंग्रेजी र विज्ञानका पाठ पढाइ मागेको, कक्षामा डेस्क वेन्च नहुँदा ढुंगा विछ्याएर वसेको, नयाँ पुस्तक नपाएर दुई तिन व्याज अघिका साथीहरुले पढेका किताव वटुलेर पढेको आफ्नो अनुभव रत्तिभर यो पुस्ताका विद्यार्थी भाइवहिनिहरुको जिवनमा अनुभूत हुन किमार्थ नदिने वचनवद्धतामा थिए । यसका लागि मेरो वहस वाहिरका वाहेक मेरो वहस भित्रका, मैले आफूले प्रयत्न गर्दा सल्टिने विद्यार्थी, शिक्षक र अभिभावकका समस्या सल्टाउन हरदम प्रयत्न गर्ने अठोट गरेको थिए, गरिरहेको पनि छु । यस सन्र्दभमा सेवा प्रापकको नजरमा कति नतिजा दिन सकियो, वाह्य मूल्यांकन पाठककै जिम्मामा छाड्न चाहन्छु ।
आफूले गरेका कामको फेहरिस्त आफै उल्लेख गरेर आत्मारतीमा रमाउने मेरो चाहना त होइन । तर पनि यहि विषयमा प्रवेश गरि सके पछि आफूले गरेका राम्रा प्रयत्नहरु, आफूले प्रयत्न गर्दा गर्दै पनि सफलता प्राप्त गर्न नसकेका विषयहरु मैले इमानदारितापूर्वक पाठक समक्ष राख्नै पर्दछ ।

आफ्नो जिम्मेवारी सम्पादनका क्रममा होस यात जिम्मेवारीमा नरहदाको अवस्थामा किन नहोस् मैले प्रयत्न गर्यो भने असंभव केही त हुन सक्छ, असंभवलाई संभव वनाउन धेरै समय लाग्दैन, कसैलाई मेरो कार्यशैली मन नपर्न सक्छ, मलाई कसैले असहयोग गर्दैन भनेर विश्लेषण, संस्लेषण गर्ने कहिल्यै गरिन । सायद मेरा यि कमजोरी हुन या सवल पक्ष ? मैले ठम्याउने प्रयत्न पनि अद्योपान्त गरेको छैन । होला, मेरा यिनै पक्षहरुको कारण मैले यस जिल्लाको शैक्षिक पक्षमा गर्न खोजेका केही प्रयत्नहरु, केही सुधारहरु र केही विकासहरु अपेक्षाको विन्दुमा पुग्न सक्ने छैनन् त भन्दिन यतिवेला नपुगेको तथ्य भने स्वीकार्न चाहन्छु । तर एक दिन जिल्लाको शैक्षिक सुधार र विकासका लागि मैले गरेका योजना, मैले देखेका सपना मैले तय गरेकै वाटो भएर गन्तव्यको विन्दुमा उम्रेको स्वप्न वृक्षमा प्रतिफल भएर फल्नेनै छन् ।

जिल्ला शिक्षा अधिकारीको रुपमा काम थाल्दा मलाई हेक्का थियो कि जिल्लाको शैक्षिक सुधार र विकासका लागि क्यातधबचभ रुपी विद्यार्थी, शिक्षक, अभिभावक लगायतका सम्वद्ध सरोकारवालाहरुमा रहेका गलत सोच, अभ्यास र व्यवहार सुधार गर्नु पर्ने पहिलो दायित्व थियो भने ज्बचमधबचभ रुपी विद्यालयका भौतिक पूर्वाधारहरुमा पनि त्यत्तिकै सुधार गर्नु पर्ने दोस्रो दायित्व थियो । यस दिशामा अघि वढ्न पहिला नेतृत्व गर्ने वर्गकै सोच, अभ्यास र व्यवहार ठीक हुनु पर्ने ठानी शैक्षिक प्रशासनको संचालनका क्रममा नयाँ कमजोरी हुन नदिने, पुराना कमजोरी दोहोरिन नदिने, केही नयाँ अभ्यास(क्ष्ललयखबतष्यल) गरेर जाने र पुराना कमजोरी÷समस्याहरु घटाउदै अघि वढ्ने यि चारवटा रणनीनि अंगिकार गरेर जिल्ला शिक्षा कार्यालयदेखि विद्यालयसम्म, जिल्ला शिक्षा अधिकारीदेखि विद्यालयका शिक्षकसम्म, राजनीतिक नेतृत्वदेखि आम अभिभभावकसम्म शैक्षिक सुधार, विकास र अभ्यासका अभियन्ता हुने, सुधार र विकासका प्रेरणादायी स्रोत हुने उत्कट अभिलासाका साथ हामी सवैको एकिकृत प्रयास, जिल्लाको शैक्षिक विकास भन्ने मूल नारा सहित एउटा भव्य कार्यक्रमका वीचवाट जाजरकोट जिल्ला क्षेत्रलाई वि.सं.२०७३ सालमा शैक्षिक सुधार वर्ष घोषणा गरिएको थियो ।

यस शैक्षिक सुधार वर्षलाई नतिजामा रुपान्तरण गर्नका लागि विद्यालयहरुमा नमूना कक्षा शिक्षण, विद्यार्थीको सिकाइ सुधार, शिक्षकको शिक्षण सुधार, विद्यालयको समग्र सुधार जस्ता विषयलाई प्राथमिकतामा राखी सघन अनुगमन निरीक्षण संचालन गरिएको थियो । यार्सा गुम्वाका कारण जिल्लाको पूर्वी भेकमा वैशाख जेठ महिनामा विद्यालय वन्द हुने अवस्थालाई न्यूनीकरण गर्न चेतनामूलक र दवावमूलक कार्यक्रम संचालन गरियो । हरेक कक्षामा एक जना नमूना विद्यार्थी,हरेक विद्यालयमा एक जना नमूना शिक्षक, हरेक तत्कालिन गा. वि.स.मा एउटा नमूना विद्यालय छनौट र विकासका लागि विद्यालयहरुको वर्गिकरण, शिक्षकहरुको वर्गिकरण, विद्यार्थीहरुको वर्गिकरण कार्यक्रम संचालन गरियो । यस कार्यक्रम अनुसार जिल्लाका तत्कालिन ३० वटा गा.वि.स. हरुमा ३० वटा नमूना विद्यालयहरु छनौट गरी घोषणा गरियो, जिल्लाका १३७६ जना शिक्षकहरुको पनि वर्गिकरण सम्पन्न भयो । तर विद्यार्थी वर्गिकरणको काम हुन वाँकी नै छ ।

यसरी नै जिल्लाका सवै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको प्रथम र दोस्रो सम्मेलन गरी नमूना विद्यालयका अभ्यासहरु आदान प्रदान गर्ने, नमूना विद्यालयका मापदण्डहरु र विद्यालयलाई नमूना वनाउन गर्नु पर्ने अभ्यासहरुका सन्र्दभमा विज्ञ व्यक्तित्व समेत आमन्त्रण गरी सघन छलफल र अन्तरक्रिया गरी जिल्ला स्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुसँग १८ वुँदामा कार्यसम्पादन करार गरी लागु गरियो । साथै विद्यालयहरुमा न्यूनतम् भौतिक पूर्वाधार निर्माणका लागि पारदर्शि रुपमा वस्तुगत आवश्यकतालाई सम्वोधन गर्नेगरी सवै भन्दा पहिला भौतिक पूर्वाधारका कार्यक्रमहरु वितरण गरी नमूना पूर्वाधार निर्माण विधि अख्तियार गरेर भौतिक निर्माणका कामहरु तोकिएको समयमा तोकिएकै गुणस्तरमा सम्पन्न गरिएका छन्, यो वर्ष पनि सो अनुसार नै निर्माण हुने चरणमा छन् । अभिभावक र आम शैक्षिक सरोकारवालाहरुमा शैक्षिक चेतनावृद्धिका लागि ठाउँ ठाउँमा शैक्षिक सम्मलेनहरु, सघन शैक्षिक शिविरहरु, शिक्षक क्षमता विकासका कार्यक्रमहरु(नियमितका अलावा) संचालन भएका छन् ।

आफ्ना कपि किताव समेत झोलामा नवोक्ने प्रवृति रोक्न झोलामा किताव, विद्यालयमा न्यून फर्निचरको अवस्था सम्वोधन गर्न हरेक विद्यालयमा नयाँ फर्निचर निर्माण, विद्यार्थीको सिकाइ उपलव्धी अभिवृद्धि गर्न र शिक्षकको पेशागत दक्षता समेत अभिवृद्धि गर्ने संयुक्त उद्देश्यका साथ सूचना प्रविधियुक्त शिक्षण सिकाइ अभियान समेत संचालन गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठन र अस्थायी÷करार शिक्षक नियुक्तिमा हुने दवाव र प्रभाव रोक्न सवै भन्दा पहिले स्थानीय स्तमा विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि र अस्थायी÷करार शिक्षक पदपूर्ति सम्वन्धी कार्यविधि निर्माण गरी कार्यान्वयन समेत गरियो। यद्यपी वि.व्य.स. कार्यविधि पूर्ण सफल भए पनि शिक्षक पदपूर्तिको कार्यविधि पूर्णत सफल हुन सकेन ।
यसका पछाडी विद्यालयमा निजी स्रोतकमा कार्यरत शिक्षकप्रति स्थानीय समुदायको सहानुभूतिदेखि राम्रो मान्छे भन्दा हाम्रा मान्छे खोज्ने प्रवृति मुख्य कारक वन्यो । साथै विद्यालय स्तरको पठनपाठनमा जिल्ला स्तर एकरुपता कायम गर्न शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयन गरियो । दश जोड दुई र तत्कालिन एस एल सी परीक्षालाई छात्रा परीक्षार्थीमैत्री वनाउन स्यानेटरी प्याड र औषधी सहित परीक्षा समयावधीभर परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी खटाउने अभ्यास शुरु गरी निरन्तरता दिइयो । पहिलो पटक जिल्लालाई शैक्षिक पर्यटनको गन्तव्य स्थल वनाउने मध्यकालीन उद्देश्य सहित जिल्ला शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा लिइएको छ । शैक्षिक कार्यक्रमहरुको प्रभावकारिताका साथै पारदर्शिता अभिवृद्धि गर्न संचार माद्यमहरुसँगको सहकार्यमा हाम्रो शिक्षा, राम्रो शिक्षा शैक्षिक कार्यक्रम संचालन गरिएको छ ।

पछिल्लो समयमा स्थानीय तहसँग सहकार्य गरी जिल्लाको शैक्षिक सुधार र विकासका कार्यहरु अघि वढाउन निरन्तर समन्वय र सहकार्य गरिदै आएको अवस्था छ । यसरी यि दुई वर्षका विदा वसेका समय वाहेकका हरेक महिना, हरेक हप्ता, हरेक दिन र हरेक पलहरुलाई जिल्लाको शैक्षिक सुधार र विकासका लागि लगानीको रुपमा खर्च गरेको छु । हो, शैक्षिक लगानीको प्रतिफल ढिलो आउँछ, यो सत्य हो । समयक्रममा यि लगानीका प्रतिफलहरु जिल्लाले,विद्यार्थी भाइ वहिनीहरुले अवश्य प्राप्त गर्नछन् भन्ने विश्वास छ ।
जिल्लामा रहेर काम गरिरहदा जाजरकोटी हुनुको गर्व र जाजरकोटवासीको सेवा गर्नुको गर्व गर्दै आफ्ना हरेक दिनका हरेक पल जिल्लाका लागि नै भन्दै वेशी खटेर, धेरै डटेर मैले जिल्लाको शैक्षिक सुधार र विकास गर्ने प्रयत्न गरेको छु, पहल कदमी लिएको छु ।
हुन सक्छ, जिल्लाको शिक्षा सुधार्ने, शिक्षाको विकास गर्ने हाम्रा सवै योजना, हाम्रा सवै सोच, हाम्रा सवै प्रयत्न सफल नहुन सक्छन्,सवै प्रयत्न निरपेक्ष रुपमा सवैका नजरमा स्वीकार्य नहुन सक्छन् । मन, वचन र कर्मले एउटा चाहदा चाहदै अनपेक्षित अर्को नतिजा आएको पनि हुन सक्छ । तर हामीले सापेक्षतावादलाई विर्सने गल्ती गर्नु हुँदैन ।

यसरी यि दुई वर्षको समिक्षा गर्दा मलाई महशुस भएका कुरा धेरै छन्, काम गर्ने क्रममा हुने गल्तीहरुको पनि महशुसीकरण भएको छ । सवै भन्दा वढि महशुस हामी जिल्लावासीको चेतना समयक्रममा केही भए पनि वदलिएको छ । हामी अव हिजोको जस्तो कित्ताकाट गर्ने, तँ तँ, म म, भन्ने अवस्थावाट हामी र हाम्रो जिल्ला भन्ने अवस्थामा पुगेका छौ । अव सवैले हातेमालो गरेर जिल्लाको शिक्षाको मात्र नभइ समग्र विकासमा कसरी अघि वढ्ने भन्ने तर्फ एकमत र एकजुट भइ लामो समयसम्म सहकार्यमा अघि वढ्ने वेला भएको छ । यसका लागि सम्वद्ध सवैको ध्यानाकर्षण गर्न चाहन्छु ।।
                               (लेखक सिंह जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी हुन् ।)


ताजा समाचार