Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सार्वजनिक सेवा सम्बन्धी अभिमुखिकरण

जाजरकोट,२१ फागुन ।
जाजरकोट जिल्लाको सदमुकाम खलंगामा आइतवार “स्थानिय तहको शासन र सार्वजनिक सेवा प्रवाहका लागि आयामहरु” बिषयक अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलको अध्यक्षतामा उक्त कार्यक्रम सुरु गरिएको हो ।
जाजरकोट जिल्लामा रहेका ७ वटै स्थानिय तह वाट सम्पादन हुने कामलाइ प्रभावकारी वनाउनको लागि कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले बताए ।


जिल्ला भित्र रहेका स्थानिय तहका जनप्रतिनिधिहरुले आफनो काम अधिकार प्रति अझ कम्जोर रहेको ले आगामि दिनमा दैनिक कार्यृ गर्नको लागि ३ दिने अभिमुखिकरणको आयोजना गरिएको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

अवको आश्यक्ता भनेको परिर्वतन आयाम अवसर क्षमताको आधारमा जाजरकोट जिल्लामा बिकास निर्माणमा उचाइमा ल्याउने नगर प्रमुख घर्तीको रहेको थियो । तेस्तै छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महतारा ले जाजरकोटमा न्यायमा भएको अन्यवलाइ यो तालिमले समाधान गर्ने बताएका थिए । तिन दिन समम सञ्चालन हुने कार्यक्रममा जिल्लाका १ सय ७० जनप्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।


कार्यक्रमको आयोजना जिल्लाका सबै स्थानिय निकाय र राज्य ब्यबस्थापन सुविदा मार्फत २ जना प्रशिक्षकको ब्यबस्थापन गरिएको छ भने सुन्दर नेपाल सास्था समेत आयोजना गरेको छ ।


ताजा समाचार