प्रथम कर्णाली प्रदेश क्रिकेटमा रूकुम र जाजरकोटकाे विजयी सुरूवात
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी प्रथम कर्णाली प्रदेश कपको अाईतबार सम्पन्न खेलहरूमा रुकुम र जाजरकोट विजयी भएका छन् ।
सुर्खेत क्रिेकट संघको आयोजनामा वीरेन्द्रनगरको कालुञ्चोक खेल मैदानमा आईतबार बिहान भएको खेलमा रुकुमले दैलेखलाई ९९ रनले पराजित गरेर जित हात पार्यो भने जुम्लालाई ४ विकेटले हराएर जाजरकोट जित आफ्नो पोल्टामा पारेको हो ।
रुकुमले दिएको १ सय ६३ रनको लक्ष पछ्याएको दैलेख १० ओभर ३ बल खेल्दै ६३ रनमा अल आउट भयो । उसका लागि सुनिल बिष्टले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
दैलेखलाई सस्तैमा समेट्न रुकुमका कप्तान विवश गिरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै उपकप्तान कुलप्रसाद ओली, दिनेश पुन र युवराज केसीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुकुमले खुशिराम बिक र दिनेश पुनको अर्धसतकिय पारीको मद्तमा पुरै २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।
रुकुमका लागि खुशिरामले सर्वाधिक ७४ रन बनाए, भने दिनेशले ६५ रन बनाए । त्यस्तै कमलराज पुनले ८ रन बनाउँदा बिजय बिष्टले ४ रनको योगदान गरे । ५३ बलमा ६५ रन बनाउँनुका साथै २ विकेट लिएका रुकुमका दिनेश पुन म्यान अफ द म्याच बने ।
टस हारेर पहिले ब्याटिङ गरेको जुम्लाले जाजरकोटलाई १ सय ३० रनको लक्ष्य दिएको थियो ।
जुम्लाका लागि जितेन्द्र शाहीले ३६ रन, मनोज भारतीले २० रन बनाए । जाजरकोटका लागि सन्दीप शाहीले ४ विकेट, जीबन शाहीले १ विकेट लिए ।
जाजरकोटका सन्दीपले नटआउट ५८ रन बनाउन सफल हुनुभका साथै म्यान आफ द म्याच पनि घोषित भए ।
सौगात कार्कीले १४ रन बनाए । प्रतियोगितामा सोमबार सुर्खेत र दैलेख तथा सल्यान र जाजरकोट भिड्ने क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिएका छन् ।
प्रतियोगितामा आयोजक सुर्खेत सहित रुकुम, सल्यान, जाजरकोट, दैलेख र जुम्ला गरी ६ टीमको सहभागीता रहेको छ ।