Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

कानुन मन्त्रीसँग माओवादी नेताहरुको भेटबार्ता बिषयगत प्रदेश कार्यालय तोक्न आग्रह

बाँके । माओवादी केन्द्र बाँकेको एक टोलीले प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी. सँग भेटवार्ता गरेको छ । भेटका क्रममा बाँकेमा रहेका क्षेत्रीय स्तरका कार्यालयहरुलाई नै तत्काल सम्बन्धित बिषयगत प्रदेश कार्यालय तोक्न आग्रह गरिएको माओवादी केन्द्र कोहलपुर नगर कमिटिका अध्यक्ष तेज प्रसाद चापागाँईले जानकारी दिए ।

५ नं. प्रदेशको राजधानी बुटबल घोषणा भएसँगै बाँकेमा रहेका बिभिन्न कार्यालयहरु यनेत्रै सार्ने तयारी गरिएकाले त्यसको उचित ब्यवस्थापन गरी हाल संचालनमा रहेको स्थानमा नै बिषयगत प्रदेश कार्यालय तोक्न आग्रह गरिएको माओवादी केन्द्र बाँकेका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । भेटका क्रममा मन्त्री के.सी. ले विषयगत प्रदेश कार्यालय तोक्ने विषयमा आफू सकारात्मक रहेको र आउँदो मन्त्रीपरिषद बैठकबाट निर्णय गराउन पहल गर्ने प्रतिवद्धता जनाएको कोहलपुर वडा न.४ का अध्यक्ष तिरथ राम थारूले बताए ।

उक्त टोलीमा प्रदेश नं. ५ का साँसद ईन्द्र प्रसाद खरेलको समेत विशेष उपस्थिती रहेको थियो । माओवादी केन्द्रका प्रभावशाली युवा नेता नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले भेटका क्रममा मन्त्री के.सी.लाई बधाई समेत ज्ञापन गरेको थियो ।


ताजा समाचार