Loading... आजः सोमवार, कार्तिक १०, २०७७

विश्वकप क्रिकेट छनौट खेलमा आज नेपाल र जिम्बावे भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट छनौटको पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेपछि सुरु हुनेछ । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको यात्रा सहज हुनेछैन ।

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।

नेपाली टिम : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी

जिम्बाब्वे टिम : ग्रीम क्रेमर (कप्तान), रायन बर्ल, तेंदई चतराना, तेंदई चिस्कोरो, क्रेग एर्विन, केली जार्विस, हैमिल्टन मसाकाड्जा, सोलोमन मिर, पीटर मूर, तारिसाई मुसाकांडा, आशीर्वाद मुजारबाणी, सिकंदर रजा, ब्रेंडन टेलर, ब्रायन विटोरि


ताजा समाचार