Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

खानेपानी आयोजनाबाट साढे ३ सय घर लाभान्वित

जाजरकोट, २० फागुन ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. ५ मा रहेको केलखोला खानेपानी आयोजनाबाट तीन सय ५५ घरधुरी लाभान्वित भएका छन् । फनबोर्डको आर्थिक सहयोग ग्रामीण बिकास सेवा केन्द्र बैतडीको आयोजनामा लाभान्वित भएका हुन ।

चालु आर्थिक बर्षको २०७४ जेठ ७ गतेका दिन सम्झौता भइ उक्त कार्यक्रमले आफनो काम अगाडि बढाएको ग्रामीण बिकास सेवा केन्द्र बैतडीका फिल्ड प्राबिधिक गोन्द राज जोशीले बताए ।

जोशीका अनुसार कुल जम्मा लागत २५ लाख १० हजार ४ सय ५४ कार्यक्रमको लगानी गरेको र समुदायको लगानी ९ लाख १६ हजार ९ सय ४४ रुपैयाँमा आयोजना सम्पन्न भएको बताए । कुल घरधुरिमा ६७ वटा खानेपानी धारा सरस्वती निमाविलाई दुई कोठे शौचालय निर्माण गरिएको जोशीले बताए । त्यस्तै अर्को खानेपानी राउटेडाँडा खानेपानी योजना पनि सम्पन्न गरिएको छ ।

२०७४ जेठ ७ गते सम्झौता गरी ३४ लाख २७ हजार ४ सय ५८ रुपैयाँमा सम्पन्न भएको छ । सो आयोजना निर्माण गर्नको लागि समुदायको लगानी, उपभोक्ताबाट जनश्रम दान ११ लाख ५१ हजार ९ सय ७० रुपैयाँ गरिएको थियो ।
उक्त कार्यक्रमबाट ७६ वटा धारा निर्माण गरिएको छ । साथै शनिवार औपचारिक कार्यक्रम गरी आयोजक संस्थाका कर्मचारीलाई बिदाई गरिएको सचिव जय बहादुर बस्नेतले बताए ।


ताजा समाचार