Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

बैतडीमा युवा परिषदकाे दाेस्राे स्थापना दिवस मनाइयो

इन्द्रसरा खड्का
बैतडी, फागुन २० । राष्ट्रिय युवा परिषदको दोस्रो स्थापना दिवसको अबसरमा जिल्ला युवा समिती बैतडीले पत्तालभुमेश्वरमा सरसफाइ कार्यक्रम गरेको छ ।

समृध नेपालका लागि स्वस्थ, कर्मठ र उधमी युवा’ भन्ने मूल नाराका साथ नेपालकै सबैभन्दा गहिरो गुफा रहेको पर्यटकिय क्षेत्र पत्ताल भुमेश्वर महादेव मन्दिरको सरसफाई भुमेश्वरमा एक कार्यक्रमको आयोजना गरी सरसफाइ गरीएको हो ।

जिल्ला युवा समितीका अध्यक्ष सन्तोसप्रकास जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती पर्यटन, उद्योग, वाताबरण तथा वन मन्त्री माया भट्ट रहनुभएको थियो । यस्तै बिशीस्ट अतिथीमा पुर्व जिवीस सभापति प्रमानन्द भट्ट, एमाले राष्ट्रिय परिषद सदस्य महादेव भट्ट अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष पार्वति भट्ट रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समितीका अध्यक्ष सन्तोष प्रकास जोशीले धार्मिक पर्यटनको बिकासका लागि अब युवाहरु एक जुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । बैतडीको प्रशिद्ध धार्मि क्षेत्र पताल भुमेश्वर पर्यटकिय हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि यसको प्रचारप्रसार हुन नसकेको भन्दै यसको प्रचार प्रसारका लागि अब जिल्लाका युवाहरु नै सक्रीय हुनुपर्ने जिल्ला युवा समितीका अध्यक्ष जोशीले बताउनुभयो ।

बैतडी जिल्ला पर्यटकिय हिसाबले निकै भरीपुर्ण भएपनि यसको प्रचार प्रसार हुन नसकको उहाँको भनाइछ । सोहि अबसरमा जिल्ला युवा समितीले पत्ताल भुमेश्वरको सफाइको लागि ४ वटा डस्टबिन, १० वटा कुचो, र पञ्जा शिद्धनाथ पत्ताल भुमेश्वर समितीलाइ हस्तान्त्रण गरेको छ । पत्ताल भुमेश्वरमो बिबाह बर्तबन्धको बेला, पुजापाठनको बेला फोहर हुने भएकाले सजिलोका लागि सामाग्री हस्तान्त्रण गरीएको हो । कार्यक्रममा किशोर किशोरी समहुका सदस्य,पत्ताल भुमेश्वर युवा जागरणमञ्च लगायत युवाहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा बाेल्दै प्रदेस नम्बर ७ का पर्यटन, उद्योग, वाताबरण तथा वन मन्त्री माया भट्टले पर्यटनको बिकासका लागि आफु लागि पर्ने बताउनु भएको छ । मन्त्री भट्टले सुदुरपश्चिम साच्चिकै सुनदर पश्चिम भएकाले अब योक्षेत्रमा पर्यटनको बिकास गरी पर्यटक भित्रउयाउन आफुले अहम भुमिका खेलने बताउनुभयो । बैतडी जिल्ला पनि धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यो ठाउँको बिकासका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैतडीको पत्ताल भुमेश्वरमा दक्षीण एसियाकै सबैभन्दा ठुलो गुफाभएपनि यो गुफाको बारेमा सुदुरपश्चिमकै मानीसलाइ यो बारे थाह नहुनु दुखको कुराभउको बताउनुभयो । पत्ताल भुमेश्वर लगायत बैतडीका धार्मिक स्थलको मात्रै प्रचार प्रसार गर्न सक्यो भने यो ठाउँमाथुप्रै पर्यटकहरु भित्रयाउन सकिने उहाँले बताउनुभयो । यस्तै मन्त्री भट्टले बैतडीका महिलाको समस्या आफुले राम्रो संग बुझेकाले उदोगहरु खोलेर यहाँका महिलालाई उद्यमी बनाउने उहाँले ठोकुवा गर्नुभयो । महिलाहरु जव सम्म आर्थिक रुपमा सबल हुन सक्दैनन् तब सम्म अघी बढ्न नसक्ने भएकाले महिलालाइ आत्म निर्भर सवल बनाउनका लागि उद्योगहरु खोल्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।


ताजा समाचार