Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

भेरी नगरपालिकाले बिभिन्न खेल प्रतियोगिता गर्ने

जाजरकोट, १९ फागुन
भेरी नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा बिभिन्न खेलकुन कार्यक्रमको आयोजना गर्ने भएको छ । भेरी नगरपालिकाका उप–प्रमुख भावना भण्डारीको अगुवाइमा आगामि फागुन २४ गते १०८ औ अन्तर्राष्ट्रिय नारी दिवसमा बिभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

शुक्रवार भेरी नगरपालिकामा बसेको आयोजक उपसमितिको बौठकले आगामि फागुन २४ गते बिभिन्न प्रतियोगिता गर्ने निर्णय गरेको छ । कार्यक्रममा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरिनेछ । कार्यक्रममा बालविवाह न्यूनिकरण र घरेलु हिंसा न्यूनिकरण सम्वन्धी जनचेतनामुलक सडक नाटक सञ्चालन गर्ने जनाइएको छ ।

कार्यक्रममा चम्चा दौड, डाइरी तान्ने प्रतियोगिताको आयोजना गर्ने मुल आयोजक समितिका संयोजक नगर उप प्रमुख भावना भण्डारीले बताइन । साथै नगरपालि भित्र रहेका नमुना सासु बुहारी एक जोडिलाई सम्मान गर्ने, ग्रामिण महिला सफल लघु उद्यमी दोसलासहित सम्मान गर्ने तयारी गरिएको छ ।

साथै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योग्दान गरेको महिला स्वंयमसेविकालाई सम्मान खेलकुद क्षेत्रमा सफलतामा रहेकी महिलालाई सम्मान गर्ने कार्यतालिका रहेको छ । कार्यक्रम अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भेरी नगरपालिकाको सहआयोजनामा सञ्चालन गर्ने जनाइएको छ ।


ताजा समाचार