Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

होलिको अवसरमा भलिबल प्रतियोगिता संचालन

बाँके । हिन्दु धर्मावम्वीहरुको महान पर्व होलीको अवसरमा पुरुष खुल्ला भलिवल प्रतियोगिता संचालन गरिएको छ ।

यहि फागुन १९ गते समापन हुने प्रतियोगिताको बाँके क्षेत्र नं. १ का साँसद तथा मओवादी केन्द्र सम्मेलन आयोजक कमिटि सदस्य उषा पुनले एक कार्यक्रमका बिच उद्घाटन गरेकी छन । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके जिल्लाले संचालन गरेको उक्त प्रतियोगितामा बाँके तथा जिल्ला बाहिरकका १४ वटा टिमको सहभागीता रहेको छ ।

यहि शुक्रबार देखि संचालन भएको प्रतियोगितामा मोर्डन युवा क्लब सुर्खेत, सिम्ताली युवा क्लब सुर्खेत, भेरी प्राविधिक शिक्षालय, हिमालयन न्युज युवा क्लब, बाजुरा युवा क्लब, रुक्मेली युवा क्लब, ज्थ्ँऋ युवा क्लब, वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, होलिल्याण्ड कलेज नेपालगन्ज, रोयल स्टार युवा कलेज, यवा जागरण टिम, स्थानिय क्लब र आयोजक क्लिबका २ वटा टिमको सहभागीता रहेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके जिल्लाका अध्यक्ष गगन सिंह पुप्रतियोगिताको बिजेता टिमले १० हजार नगद र ट्रफी प्राप्त गर्ने छ भने द्धितिय र तृतिय र सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः ७ हजार, ५ हजार र १ हजार ५ साय नगद प’रस्कार सहित प्रमाणपत्र प्राव्त गरीने आयोजक संस्थाले जनाएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके जिल्ला अध्यक्ष गगन सिंह पुन मगरको सभापतित्वमा संचालन गरिएको प्रतियोगिता उद्घाटन समारोहमा दान बहादुर शाही, क्षेत्रिय खेलक’द विकास समितिका पुर्व अध्यक्ष अकल बहादुर बम, खेलकुद विकास समिति बाँकेका अध्यक्ष आतङ्क बस्नेत, नेपालगन्ज नगर विकास समितिका अध्यक्ष गोपाल पुन, माओवादी केन्द्रका नेता नबिन शर्मा, नेपाल पत्रकार महासंघ ५ नं। प्रदेशका पार्सद गजेन्द्र गुरुङ लगाएतको सहभागीता रहेको थियो ।

माओवादी केन्द्रका नेता तथा उद्योग वाणिज्य संघ नेपालगन्जका पुर्व अध्यक्ष दामोदर आचार्यको पनि सहभागीता रहेको थियो ।


ताजा समाचार