Loading... आजः शनिबार, अशोज २, २०७८

सन्दीप लामिछाने क्यारेबियन लिगमा क्रिस गेलको क्लबबाट खेल्ने

फाइल फोटो

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएल पछि क्यारेवियन प्रियियर लिगमा पनि खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ ।

उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।

क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् ।

सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।


ताजा समाचार